बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सामुदायिक विद्यालयको नतिजा उत्कृष्ट

आइतबार, ०४ असार २०७४, १० : ५१
आइतबार, ०४ असार २०७४

 

चितवन -गतवर्षको माध्यमिक शिक्षा परीक्षामा सामुदायिक विद्यालयतर्फ देशमै दोस्रो भएको यहाँको नारायणी नमुना उच्च माविले यसवर्ष पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । 

विद्यालयका प्राचार्य पूर्ण दवाडीका अनुसार सो विद्यालयका ५० जनाले ‘ए’ प्लस, ८० जनाले ‘ए’, ५४ जनाले ‘बी’ प्लस, ४१ जनाले ‘बी’ र २७ जनाले ‘सी’ प्लस ल्याएका छन् । 

विद्यालयबाट २५२ जनाले परीक्षा दिएका थिए । गतवर्ष सो विद्यालय सामुदायिक विद्यालयतर्फ देशभरको दोस्रो र मध्यमाञ्चलमा प्रथम भएको थियो । 

प्राचार्य दवाडीले राम्रो नतिजा ल्याउने देशभरका २० वटा विद्यालयमा बुझ्दा आफ्नो विद्यालय अग्रणी रहेको बताए । उनले भने – “सम्भवतः यो वर्षको परीक्षामा सामुदायिक विद्यालयतर्फ हाम्रो विद्यालय पहिलो हो ।” एक दुई दिनमा यकिन हुने उनले बताए । 

विसं २०२४ बाट प्रवेशिका दिन थालेको यो विद्यालयमा अहिले कक्ष १० मा २९० जना विद्यार्थी अध्ययनरत छन् । हरेक वर्ष प्रवेश परीक्षा गराएर विद्यालयले विद्यार्थी भर्ना गर्ने गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप