बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

“एचसीसी–एन फिकाक क्षेत्रीय सम्मेलन २०१९” नोभेम्वर १२ देखि १५ सम्म

सोमबार, २५ कात्तिक २०७६, १८ : ५९
सोमबार, २५ कात्तिक २०७६

काठमाडौं– अनरेरी कन्सुलर कप्र्स नेपाल (एचसीसी–एन र वाणिज्यदूतहरुको विश्व महासंघ (फिकाक) ले “एचसीसी–एन, फिकाक क्षेत्रीय सम्मेलन २०१९” को यहि नोभेम्वर १२–१५, २०१९ मा काठमाडौंको सोल्टी क्राउन प्लाजा होटलमा आयोजना हुने भएको छ । 

यो सम्मेलनलाई नेपाल सरकार, परराष्ट्र मन्त्रालय र भिजिट नेपाल २०२० तथा नेपाल पर्यटन वोर्डको पनि सहयोग रहेको छ । यो सम्मेलनमा संसारका विभिन्न १०० देशका अवैतनिक महावाणिज्य दूतहरुको सहभागिता हुनेछ । यो सम्मेलनको मुख्य (थिम) ‘‘साझा सम्वृद्धिको लागि एकेवद्धता’’ रहेको छ ।

यो सम्मेलनको समुद्घाटन उप–राष्ट्रपति नन्द बहादुर पुनबाट हुनेछ । “एचसिसी–एनका डिन प्रदीप कुमार श्रेष्ठबाट स्वागत मन्तव्य साथै सम्मेलनका सहभागिहरुलाई स्वागत गर्नु हुनेछ । 

साथै फिकाक का अध्यक्ष डा. अकुट इकेन र परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीबाट पनि संवोधन हुनेछ । सम्मेलनका सहभागीहरुले द्विपक्षीय तथा वहुपक्षीय सरोकारका विभिन्न क्षेत्रहरुमा गहन छलफल गर्ने र सम्मेलनको अन्तिम दिन ‘‘काठमाडौं घोषणा पत्र’’ जारी गर्ने कार्यक्रम छ । 

सम्मेलनमा हाल विश्वका जल्दा बल्दा विषय वस्तु र सम्मेलनको मुख्य थिम र तपसिलमा उल्लेखित विषयहरुमा सम्बन्धीत विषयका ज्ञाताहरुले कि नोट स्पिकर को हैसियतमा आफ्ना विचारहरु प्रस्तुत तथा छलफल हुनेछ ।

साथै साझा सम्वृद्धिको लागि एकेवद्धता, लैगिक समानता, वातावरण परिवर्तन र हिमनदीहरु, सम्बन्ध र सम्वृद्धिका एजेन्डाहरुमा छलफल गर्न फरक फरक प्लिनरी सिजनहरुको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

सम्मेलन आयोजकले सहभागिहरुको लागि विभिन्न मनोरन्जनात्मक तथा दृष्यावलोकनका कार्यक्रमहरु माउण्टेन प्लाइट, साइट सिनिङ, चन्द्रागिरी हिल्स रिसोर्टमा रिट्रिटको आयोजना गरेको छ । 

यसबाट नेपालको पर्यटन उद्योगको प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै यो सम्मेलनबाट नेपालको आर्थिक विकासका विभिन्न क्षेत्रहरु जस्तैः विद्युत, पर्यटन, उद्योग व्यवसायमा वैदेशिक लगानीलाई आकर्षण गर्न एउटा राम्रो अवसर प्राप्त हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप