बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कास्की २ उपनिर्वाचन: समाजवादीका उम्मेद्वार भन्छन्- अब काम गर्नेलाई भोट दिनुस्

सोमबार, २५ कात्तिक २०७६, १८ : ५२
सोमबार, २५ कात्तिक २०७६

पोखरा । आगामी मंसिर १४ मा हुन लागेको उपनिर्वाचनको सरगर्मी यतिबेला बढेको छ । देशभर स्थानीय तथा प्रदेशसभा सदस्यका लागि हुन लागेको चुनावको लागि साना तथा ठुला पार्टीले आफ्नो चुनावी तयारी बढाएका छन् । प्रतिनिधिसभा सदस्यका लागि हुन लागेको एकमात्र उपनिर्वाचनका लागि २५ जना उम्मेद्वारको उम्मेद्वारी दर्ता भएकोमा ३ जनाको बदर भयो ।

१ जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । उम्मेद्वारहरु आफ्नो चुनावी एजेण्डा लिएर घरदैलो कार्यक्रम अघि बढाएका छन् । यस्तै, बाबुराम उपेन्द्र नेतृत्वको समाजवादी पार्टीले पनि आफ्नो चुनावी अभियानलाई तिव्रता दिएको छ । 

लामो समय युएनमा काम गरेका इन्जिनियर धर्मराज गुरुङलाई यतिबेला मत माग्न भ्याईनभ्याई छ । समाजवादी पार्टीले सोमबार नयाँ गाउँमा र तमुधीको कार्यालयमा प्रचारप्रसार कार्यक्रम गरेको छ ।

पहिचानको मुद्दालाई जोड दिँदै आएको समाजवादीका उम्मेद्वार गुरुङले घरदैलो कार्यक्रममा चिल्ला कुरा गर्नेहरुले देश डुवाएको आरोप लगाएका छन् ।  ‘अब काम गर्नेहरुलाई भोट दिनुस्,’ उनले भने, ‘समाजवादी पार्टीले गफ गर्दैन काम गरेर देखाउँछ ।’

गुरुङ समुदायबाट एक मात्र उम्मेद्वार रहेका धर्मराजले यस पटकको चुनाव समाजवादीले जित्ने दावी समेत गरेका छन् । जनताहरु भ्रष्ट्राचार र ढिलासुस्तीबाट आजित भएको हुँदा अबको निर्वाचनमा विकल्पको रुपमा समाजवादी पार्टीलाई मतदान गरेर चुनाव जिताउने विश्वास समेत उनले लिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप