शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अरबियन सूक–काठमाडौं मरिएट होटलद्वारा विशिष्ट मिडल इस्ट डाइनिंग अनुभव

सोमबार, २५ कात्तिक २०७६, १८ : ४७
सोमबार, २५ कात्तिक २०७६

काठमाडौं– नेपालको राजधानीमा अवस्थीत काठमाडौं मरिएट होटलले एक हप्तासम्म ‘अरबियन सूक’ आयोजना गरिरहेको छ जहाँ मानिसहरुले सबै अरबियन भोजनको अनुभव लिन सक्नेछन् । 

मिडल इस्टको मुखबाट पानी रसाउने खानादेखि लिएर लोभ्याउने हुक्काको स्वादहरुको साथमा होटलले प्रसिद्ध बेली डान्सरको उत्साहजनक प्रस्तुती पनि पेश गरिरहेको छ । 

यो इभेन्ट अतिथि शेफ मिना अयूब र काठमाडौं मेरिएट होटलको कार्यकारी शेफ सञ्जीव रञ्जनको सृजना हो जसले अतिथिहरुलाई मिडल इस्टका विभिन्न शहरहरुको अनुभव प्रदान गर्ने पर्फेक्ट मेन्यू पेश गरिरहेका छन् । 

अतिथिहरुले लाइभ किचनको अनुभव गर्नुका साथै शेफहरुसँग कुराकानी गर्ने अवसर पाउनेछन् ।

यो इभेन्ट नोभेम्बर १६ तारिकसम्म काठमाडौं मेरिएट होटलको ठमेल किचनमा ६ः३० बजेदेखि राति १०ः३० बजेसम्म अतिथिहरुका लागि खुल्ला रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप