ट्रेलरमा यस्तो देखियो फिल्म ‘सम्हाली राख है’
काठमाडौं– फिल्म ‘सम्हाली राख है’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्म भित्र रहेका केही महत्वपूर्ण दृश्य समेटेर ट्रेलर ल्याएको हो । सार्वजनिक ट्रेलर हेर्दा फिल्म एक्सनले भरिएको अनुमान गर्न सकिन्छ ।
आरएल मोक्तानको निर्देशन रहेको फिल्म २९ कार्तिकबाट देशभर सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्ममा अर्जुन कुवँर, सितल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहा कार्की, अन्जना खत्री, आरएल लामा, शंकर कार्की लगायत कलाकारको अभिनय रहेको छ ।
तारा शंकर फिल्मस् प्रालिको ब्यानरमा शंकर कार्कीको प्रस्तुति र हरिकृष्ण महर्जनको निर्माण रहेको फिल्मका श्यामकृष्ण महर्जन सह निर्माता हुन् । विक्रम कार्कीको कथा, ग्रिस रिजालको सम्पादन, देव महर्जनको द्वन्द्व, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको संगीत रहेको छ ।
युवायुवतीमा अहिले मौलाएको प्रेमकथालाई आकर्षक तवरले समसामयिक बिषयवस्तुसँग मिश्रण गरेर सन्देश मुलक प्रस्तुतिका साथ फिल्म बनाएको निर्माता हरिकृष्ण महर्जनले बताए । निर्देशक आरएल मोक्तानकै पटकथा सम्वाद रहेको फिल्मका मुख्य सहायक निर्देशक सुमन चापागाइ हुन् । काठमाडौ, कुलेखानी र दोलखाको आकर्षक दृश्य फिल्ममा समेटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
-
हिमाली महासङ्घ राज्यका प्रस्तावक मुख्तियार भीमसेन थापा
-
कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभाव
-
‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट
-
एकीकृत समाजवादीलाई कमजोर ठाने देशमा अर्को उथलपुथल हुन्छ : माधव नेपाल
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु