शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जङ्गलमा पुगेका जोडीको अश्लील भिडियो बनाएर ब्ल्याकमेलिङ गर्नेमाथि प्रहरीद्वारा गोली प्रहार

सोमबार, २५ कात्तिक २०७६, १७ : ०७
सोमबार, २५ कात्तिक २०७६

बुटवल । ब्ल्याकमेलिङ गरेका लुटेराहरुलाई दाङको तुल्सीपुरको जङ्गलमा प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ ।

दाङको तुलसीपुरभन्दा १२ किलोमिटर भित्र जङ्गलमा बिगत लामो समयदेखि त्यहाँ पुगेका जोडीहरुलाई लुट्ने र ब्ल्याकमेलिङ गर्ने समूहलाई नियन्त्रण लिनका लागि २ राउन्ड गोली चलाएको इलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रमुख  डिएसपी हरिहर नाथ योगीले रातोपाटीलाई बताए ।

व्यक्तिहरुलाई तर्साउने, धम्काउने र लुट्ने काम गरिरहेका तीनजनाई नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार ब्ल्याकमेलिङ गरेका लुटेराको समूहलाई ५ लाख रुपैयाँ बुझाउने क्रममा तुलसीपुर–३ खमारीको जङगलमा प्रहरीले गोली चलाएर तुलसीपुर–३ खमारीका १९ वर्षीय विमल वली, १९ वर्षीय नविन नेपाली र २६ वर्षीय  दुजबहादुर खत्री रहेका छन ्। घटनामा संलग्न अन्य सोही ठाउँका ईश्वर पुन र अर्जुन पुन फरार रहेको डीएसपी योगीले जानकारी दिए ।

आज ईलाका प्रहरी कार्यालय तुलसीपुरका सई मिलन श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले गोली चलाउँदै  नियन्त्रण लिएको हो ।

उक्त समूहले गत शनिबार युवतीसँग रहेका एक व्यक्तिलाई कुटपिट र लुटपाट गरी अश्लील भिडियो बनाएर ब्ल्याकमेलिङसमेत गरेको डिएसपी योगीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप