
कान्छा सिईओको कथाः पुरानो बैंकिङ्ग संस्कार परिवर्तन गर्नु छ !

विश्वप्रसिद्ध भनाइ छ, ‘मेहेनत यसरी गर्नु कि भाग्य पनि तिमीलाई साथ दिन बाध्य होस् ।’ सबैको जीवनमा यस्तै भैदिए कस्तो हुन्थ्यो होला ? मेहेनत गर्नेहरु सबैलाई भाग्यले कति साथ देला ? वास्तवमा कर्म र भाग्य बीचको तालमेल कस्तो हुन्छ ? कर्म गर्नेले भाग्यलाई कति विश्वास गर्छन् होला ?
नेपाली समाजमा प्रचलित एउटा उखानले भन्छ, ‘भाग्य छ भन्दैमा डोकोमा दुध अडिँदैन ।’ भाग्यमात्र भएर हुँदैन, मेहेनत पनि आवश्यक पर्छ भन्ने सन्देश उक्त उखानले दिएको छ ।
भाग्य र मेहेनत दुवैको परिणाम होला, रोशन न्यौपाने नेपालकै बाणिज्य बैंकहरुमा सबैभन्दा सानो उमेरका (कान्छा) सीईओ बन्न सफल भए । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) न्यौपानेको जीवन पनि उत्तिकै रोचक छ । उनी अहिलेसम्म दोस्रो हुनु परेको छैन, अर्थात् उनी सदावहार पहिलो ।
उनी भाग्यमानी कि कर्मयोगी ? न्यौपाने भन्छन्, ‘मैले गरेको कर्म, मेहेनत र मेरो निष्ठालाई भाग्यले साथ दिएको हो ।’
सफल हुन केही नयाँ त पक्कै गर्नु पर्छ । सानै उमेरमा पाएको सफलताबाट कहिल्यै नफुर्किएका न्यौपाने स्पष्ट भिजन, कार्यकुशलता र दृढ आत्मविश्वास नै सफलताको महत्वपूर्ण सूत्र ठान्छन् ।
उनी आफूलाई सफल व्यक्ति भन्न रुचाउँदैनन् । भन्छन्, ‘सफल हुनको लागि अझ धेरै गर्नुपर्ने छ । नेपालको बैंकिङ्ग संस्कारलाई परिवर्तन गर्नु छ । नयाँ नयाँ प्रविधि भित्र्याउनु छ । अनि सबै नेपालीलाई बैंकिङ्ग पहुँचमा पुर्याउनु छ ।’
रसुवा पुख्र्यौली घर भएका न्यौपानेले शंकरदेव क्याम्पसबाट बिबिएस सकेर नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट २००६ मा चार्टड एकाउन्टेन्ट्सको कोर्स पुरा गरे । पेशाले सिए न्यौपाने करियरको ११ वर्ष नपुग्दै सिइओ बने ।
कान्छा सिइओ न्यौपाने बल्ल ३९ वर्षका भए । बैंकमा उनीभन्दा जुनियरहरु उनका दाई पर्छन् । उमेरले सिनियरहरुसँग काम गर्दा उनलाई अफ्टेरो भएको छैन कारण हो सरल स्वभाव र उनको कार्यकुशलता ।
दौरा सुरुवाल, कोट अनि ढाका टोपीमा ठाँटिन रुचाउने न्यौपाने युवा पुस्ताका लागि उदाहरणीय व्यक्तित्व हुन् । राष्ट्रिय पोशाकको जगेर्ना गर्नु युवा पुस्ताको जिम्मेवारी ठान्ने उनी यस्ता पहिरनले जिम्मेवार बन्न अझ बढी प्रेरित गरिरहने बताउँछन् ।
पदीय जिम्मेवारी वहनका क्रममा परिवार र आफन्तलाई कहिलेकाहीँ समय दिन नपाउँदा भने खिन्न लाग्छ उनलाई । पेशागत रुपमा बढी सक्रिय हुनुपर्दा परिवारमा अलि दुरी बढ्ने नै भयो तर आफ्नो बैङ्क र ग्राहकलाई दिनु पर्ने प्राथमिकतामा एक इन्च पनि कमि आउन नदिने उनी बताउँछन् ।
उनी भन्छन्, ‘बैंकरको पेशा सेवा क्षेत्रमा छ । हामी देशका सेनाजस्तै हौं । २४सैं घण्टा सेवामा खटिनु हाम्रो कर्तव्य पनि हो । आफ्ना ग्राहकको सेवामा हामी जतिवेला पनि हाजिर हुनुपर्ने भएकाले जिम्मेवारीबाट पछि हट्न सकिन्न ।’
परिवारका पाँच दाजुभाइमा काइला छोरा हुन् रोशन । चार जना दिदीबहिनी, सबैका प्रिय उनलाई घरमा सिईओको जस्तो व्यवहार हुँदा भने अफ्ठेरो लाग्छ ।
गत मंसिरमा एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त न्यौपाने चार्टर्ड एकाउन्टेन्ट हुन् । सानै उमेरमा पाएको सफलता र उक्त सफलताको स्थायित्वका लागि उनी फरक ढंगले अगाडि बढ्न खोजेका छन् । यसमा बैंक व्यवस्थापन र म्यानेजमेन्ट टिमको पूर्ण साथ छ । उनको पहिलो प्राथमिकता सशक्त टिम बनाउनेतिर गयो । जसको कारण आज उनीसँग बलियो र भरपर्दो टिम छ । जसले बैंकलाई देशकै ठूलो र सफल बैंक बनाउने बाटोमा अगाडी बढाएको न्यौपाने बताउँछन् ।
भाग्यमानी सिईओ
सिईओ न्यौपानेको बैंकिङ्ग करियरको सुरुवात अधिकृत तहबाट भयो । चार्टर्ड एकाउन्टेन्ट न्यौपानेले सुरुवाती दिनदेखिनै प्रमुखको हैसियतमा काम गरे ।
बैंक अफ एशिया नेपालमा आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमा छिरेका न्यौपानेले सहायक भएर कहिल्यै काम गर्नु परेन । पछि एनआईसीसँग बैंक अफ एशिया मर्ज भएर एनआईसी एशिया बैंक बन्यो, तब उनी हेड अफ इन्टरनर अडिटमा नियुक्त भए ।
नायव प्रमुख कार्यकारी अधिकृत हुँदा बैंकिङ्ग करियरले मात्र १० वर्ष पार गरेको थियो । त्यसको एक वर्षमा प्रमुख कार्यकारी अधिकृतमा बढुवा भए । उनको कार्यशैलीबाट प्रभावित भएर नै बोर्डले उनलाई प्रमुखमा चयन गर्यो ।
*****
रोशन भन्छन्, ‘हामीले भाग्यलाई पछ्याउने होइन कि भाग्यले हामीलाई पछ्याओस् ।’ उनलाई सबैले भाग्मानीको संज्ञा दिएका छन् । तर उनी भन्छन्, ‘भाग्य हामी आफैले कोर्ने हो । इमान्दारिताका साथ मेहेनत गर्ने हो भने फल त पाइन्छ पाइन्छ नि ।’
*****
बैंक छिरेको एक दशकमै लक्ष्यमा पुग्न सफल न्यौपाने वास्तवमै भाग्यमानी हुन् । हुन त उनी यत्तिकै यो ठाउँमा पुगेका भने होइनन् । कडा परिश्रम, स्पष्ट भिजन, कार्यकुशलता टिम वर्क, अध्ययन यी सबैलाई उनले आत्मसाथ गरेका छन् ।
रोशन भन्छन्, ‘हामीले भाग्यलाई पछ्याउने होइन कि भाग्यले हामीलाई पछ्याओस् ।’ उनलाई सबैले भाग्मानीको संज्ञा दिएका छन् । तर उनी भन्छन्, ‘भाग्य हामी आफैले कोर्ने हो । इमान्दारिताका साथ मेहेनत गर्ने हो भने फल त पाइन्छ पाइन्छ नि ।’
न्यौपानेले आफ्नो कर्तव्यलाई निष्ठापूर्वक सम्पन्न गर्छन् । कुनै पनि काम अथवा योजना पूरा नभएसम्म त्यसैमा केन्द्रित हुनु उनको स्वभाव हो ।
घरका काइला छोरा रोशनमा आमा बाबुका लागि गर्व गर्न लायक काम गर्नुपर्छ भन्ने सोच पलाएको अहिले होइन । तर यति छिटै नै सिईओ जस्तो पदमा पुग्छु भन्ने चाही उनले कहिल्यै सोचेका थिएनन् रे । रोशनको यो सफलताले परिवारलाई मात्रै होइन सिंगो बैंकिङ्ग क्षेत्रले गर्वको महसुस गरेको हुनुपर्छ ।
राष्ट्र अनि समाजमा उनको विशेष चासो छ । राष्ट्रप्रति एक नागरिकको हैसियतमा महत्वपूर्ण भूमिका हुने भएकाले राष्ट्रको खातिर केही गर्नुपर्छ भन्नेमा उनी दृढ छन् ।
नयाँ प्रयोगमा रुचि राख्ने न्यौपानेले बैंकिङ्ग क्षेत्रमा गरेको नयाँ प्रयोगले समग्र बैंकिङ्ग क्षेत्रलाई नै तरंगित गर्ने काम गर्यो । विद्यमान बैंकिङ्ग कल्चरलाई परिवर्तन गर्नुपर्नेमा आफूजस्तै यो क्षेत्रमा लागेका यूवाहरुको साथ र सहयोगको अपेक्षा रहेको बताउँछन् ।
बैंकिङ्गमा नयाँ तरंग
बैंकर न्यौपानेले बैंकिङ्ग क्षेत्रमा छुट्टै तरंग नै पैदा गरेका छन् । बैंकमा विद्यमान संस्कारलाई परिवर्तन गर्नुपर्ने र हरेक नागरिक बैंकिङ्ग पहुँचमा हुनुपर्ने उनको धारणा छ । यही कारण आक्रामक शैलीमा उनी प्रस्तुत भएको आरोप उनीमाथि लाग्ने गरेको छ । न्यौपाने यस्ता आरोपलाई सकारात्मक रुपमा ग्रहण गर्ने गर्छन्, भन्छन, ‘केही नयाँ गर्ने हो भने टिप्पणीले मार्गदर्शन गर्ने गर्छ ।’
देशका दुर्गम क्षेत्रमा बैंकलाई विस्तार गरेर हरेक नागरिकलाई बैंकिङ्ग सेवा दिनुपर्ने धारणालाई उनले प्राथमिकतामा राखे, फलस्वरुप आज उनी सिईओ रहेको एनआईसी एशिया बैंकले सबैभन्दा धेरै शाखा संजाल विस्तार गर्न सफल भएको छ ।
वित्तीय साक्षरतालाई पनि सँधै स्थान दिँदै आएका न्यौपानेले नेपाली बैंकिङ्ग कल्चरलाई परिस्कृत र परिमार्जित गर्दै लैजानुपर्नेमा विशेष ध्यान दिएका छन् ।
*****
पद पाएसँगैको जिम्मेवारी र प्रतिश्पर्धा एक आपसमा टसल गर्दै गर्दा ग्राहक सेवालाई बढी प्राथमिकता दिएको उनी बताउँछन् । विभिन्न योजनासँगै संस्थालाई पहिलो नम्बरमा लैजानको लागि ग्राहकको मनस्थिति मापन सामान्य थिएन । ग्राहकको मनस्थितिलाई संस्थाको फाईदासँग जोड्न सक्नु वास्तवमै म्यानेजेरियल कला हो । यो कला रोशनमा प्रष्ट देखिएको छ ।
*****
नेपालको बैंकिङ्ग इतिहासमा रोशन न्यौपानेले एउटा रिभोलुसन नै ल्याइदियो भन्ने गरेको पाईन्छ । यसलाई उनले जीवनको सबैभन्दा महत्वपूर्ण परीक्षाको रुपमा लिएका छन् । जुन परीक्षा पास गर्नुछ उनलाई ।
पद पाएसँगैको जिम्मेवारी र प्रतिश्पर्धा एक आपसमा टसल गर्दै गर्दा ग्राहक सेवालाई बढी प्राथमिकता दिएको उनी बताउँछन् । विभिन्न योजनासँगै संस्थालाई पहिलो नम्बरमा लैजानको लागि ग्राहकको मनस्थिति मापन सामान्य थिएन । ग्राहकको मनस्थितिलाई संस्थाको फाईदासँग जोड्न सक्नु वास्तवमै म्यानेजेरियल कला हो । यो कला रोशनमा प्रष्ट देखिएको छ ।
न्यौपानेले नेतृत्व गरेको बैंकले रिभोलुसन नै ल्यायो भने बैंकिङ्ग जगतलाई उनी योमात्र मुभमेन्ट भएको बताउँछन् । उनी भन्छन्, ‘जवसम्म हामीले केही नयाँ गर्दैनौ नि, तबसम्म विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्दैनौं ।’
त्यसैगरी, उनले साइवर सुरक्षामा विशेष ध्यान दिएको बताए । नेपालको बैंकिङ्ग क्षेत्रमा हुने गरेका विभिन्न साईवर आतंकबाट कसरी बच्ने भनेर एनआईसी एशियाले भिन्न टिम नै खडा गरेको छ ।
लाइफस्टाइल बैंकिङ्ग
नेपालको परिप्रेक्षमा आफू राम्रो र अरु नराम्रो भन्ने संस्कारलाई सिईओ न्यौपानेले चिर्ने प्रयत्न गरेका छन् । न्यौपानेमा नेपालको बैंकिङ्ग क्षेत्रमा केही नयाँ गर्ने हुटहुटी देखिन्छ ।
अन्य बैंकले निर्धारण गरेको परिपाटीबाट बाहिर निस्किएर एनआईसीले आफूलाई फरक देखाउने कोशिस गरेको छ । यसले नेपाली बैंकरहरुलाई थप उत्साह भरेको न्यौपाने बताउँछन् । त्यसैले उनले इनोभेसन, ट्रान्सफरमेसन, रिडेफिनेसन, रिइन्जिनियरिङ ओरियन्टेड व्यक्तिहरुलाई आफनो टिममा समावेश गराएको बताउँछन् ।
अझै पनि नेपालमा बैंकिङ्ग चेतनाको कमी छ । धेरै नेपाली बैंकिङ्ग सेवाको पहुँचभन्दा टाढा छन् । बैंकिङ्ग पहुँचमा भएकाहरु पनि बैंकिङ्ग सिस्टम र प्रयोगमा जानकार छैनन् । नयाँ नयाँ टेक्नोलोजीको विकास भइरहेको छ । अहिले प्रविधिले हात हातमा बैंक पुर्याएको छ । तर प्रयोग गर्नबाट नागरिक बञ्चित छन् ।
*****
एनआइसी एशियाले लाइफ स्टाइल बैंकिङ्गलाई अग्रस्थानमा राखेको छ । मानिसको लाईफलाई बैंकले असर गरोस् भन्ने बैंकको थिम छ ।
*****
जनतामा बैंकिङ्ग जागरुकता फैलाउन बैंक अनि सरकारलेनै पहल गर्नुपर्ने होइन र ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘अवश्य पनि हो । त्यही भएर सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन भएको हो । हामीले वित्तीय साक्षरताका लागि हरेक क्षेत्रमा पुगेर अभियान नै संचालन गर्ने गरेका छौं ।’
नेपालका बैंकिङ्ग क्षेत्रमा ह्याकिङको समस्या आएसँगै त्रसित निक्षेपकर्ताहरुलाई बैंकले विश्वास दिलाउन सकिरहेका छैनन् । आफ्ना ग्राहकको धनको सुरक्षा दिन बैंकहरु असक्षम भएको खण्डमा यो क्षेत्रले विस्तारै विश्वास गुमाउने भएकाले साइवर थ्रेटबाट बच्न बैंकहरु सचेत रहेको उनी बताउँछन् ।
एनआइसी एशियाले लाइफ स्टाइल बैंकिङ्गलाई अग्रस्थानमा राखेको छ । मानिसको लाईफलाई बैंकले असर गरोस् भन्ने बैंकको थिम छ ।
मानिसका हरेक चाहनाको पछाडी बैंक खडा छ भन्ने प्रमाणित गर्त बैंकले किराना पसलदेखि ठूला ठूला सपिङ मल अनि कम्पनीदेखि परियोजनासम्म आफूलाई विस्तार गरेको छ ।
बैंकले स्वास्थ्य, शिक्षा, सुरक्षा, दैनिक उपभोग्य वस्तु लगायतका लागि हरेक क्षेत्रसँग सहकार्य गरेको छ । अस्पताल, स्कूल कलेज, प्रहरी सेवा, दैनिक उपभोग्य सामानको खरिद लगायत घर, जग्गा, गाडी, व्यापार व्यवसाय, ट्राभल, टूर्स, होटल, सानादेखि ठूला लगानीसम्म बैंकले लगानी बढाएको छ ।
एनआइसीले एउटा अर्को नयाँ कामको थालनी भर्खरै गरेको छ । त्यो हो ग्राहक एक्सपेरियन्स । न्यौपाने भन्छन्, ‘पहिलो बैंकिङ्ग एज प्रडक्ट थियो, त्यसपछि बैंकिङ्ग एज सर्भिस आयो र अहिले बैंकिङ्ग एज एक्सपेरियन्स आएको छ । बैंकिङ्ग एक्सपेरियन्सलाई प्राथमिकता दिनको लागि बैंकले भिन्दै डिपार्टमेन्ट नै खडा गरेको छ । यसले ग्राहक सेवालाई अझै महत्व दिनेछ ।
जनताको सेवाकै लागि बैंक
एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने आफूलाई राष्ट्र सेवक ठान्छन् । ‘हामी नेपाली नागरिकमात्रै होइनौं जनताका सेवक पनि हौं,’ उनी थप्छन् यो जागिरमात्रै होइन राष्ट्र र जनताप्रतिको केही दायित्व पनि हो ।
*****
हाल नेपाल आर्मी, नेपाल पुसिलहरुको जस्तै बैंकमा पनि भिन्न सोर्सको जरुरत महसुस भएको छ । रोशन न्यौपाने जनताको सेवामा कुनै पनि समय हाजिर हुन सक्ने गरी बैंकिङ्ग कल्चर विकास हुनुपर्ने बताउँछन् । एटीएम सेवा २४सै घण्टा संचालन हुनुपर्ने र बैंक काउण्टरले इमर्जेन्सी सेवा दिनुपर्ने उनी बताउँछन् ।
*****
उनी भन्छन्, ‘बैंक जनताको सेवाका लागि हो, जनतालाई वित्तीय सुविधा प्रदान गर्नु बैंकको दायित्व हो र त्यो दायित्व पूरा गर्नकै लागि हामी यहाँ छौं । हामी हरेक समय अलर्ट छौं । आफ्नो ड्यूटी सकियो भनेर ढुक्कले बस्नु भनेको दायित्वबाट बाहिर जानु हो ।’
हाल नेपाल आर्मी, नेपाल पुसिलहरुको जस्तै बैंकमा पनि भिन्न सोर्सको जरुरत महसुस भएको छ । रोशन न्यौपाने जनताको सेवामा कुनै पनि समय हाजिर हुन सक्ने गरी बैंकिङ्ग कल्चर विकास हुनुपर्ने बताउँछन् । एटीएम सेवा २४सै घण्टा संचालन हुनुपर्ने र बैंक काउण्टरले इमर्जेन्सी सेवा दिनुपर्ने उनी बताउँछन् ।
नेपाल राष्ट्र बैंकले विदाको दिन पनि बैंकिङ्ग सेवा प्रदान गर्न निर्देशन दियो यो निर्णय निकै राम्रो भएको न्यौपाने बताउँछन् । उनी भन्छन्, ‘जनतालाई वित्तीय सुविधा दिन स्थापित बैंकले कुनै पनि समय र कुनै पनि दिन सेवा दिनु पर्छ । जनताकै लगानीबाट बैंकहरु चल्ने हुन् त्यसैले जनताको सेवामा हामी सँधै तत्पर छौं ।’
सफल नेतृत्व
न्यौपानेको नेतृत्वमा एनआईसी एशिया बैंकले वित्तीय परिसूचकहरुमा उत्कृष्ट रुपमा सुधार गर्दै आएको छ । बैंकलाई निक्षेप संकलन, कर्जा तथा वासलातको आकार, शाखा तथा एटीएम संजाललगायतमा नेपालकै सबैभन्दा ठूलो बैंकको पहिचान दिन सफल छन् न्यौपाने ।
आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका न्यौपानेले बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व प्रदान गर्दै बैंकलाई देशकै अग्रणी बैंकहरुमध्येको एक बैंकको रुपमा स्थापित गराउने अभियानमा मुख्य अभियन्ताको रुपमा कार्य गरे ।
उनले प्रमुखको सपथ लिएसँगै बैंकका ग्राहकहरुलाई उत्कृष्ट, सरल एवं सुलभ बैकिङ्ग सेवा प्रदान गरीे समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय संकल्पको परिकल्पना गरेबमोजिम सबै सरोकारवालाहरुको आर्थिक विकासका लागि एक उत्कृष्ट बैंकको रुपमा एनआइसी एशियालाई थप उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका थिए । सोही बमोजिमको काम उनले गर्दै आएकाले बैंक व्यवस्थापन समिति पनि खुसी देखिन्छ ।
साथै उनले ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने बैंकको नारालाई मुर्तरुप दिन खुव मेहेनत गरेको देखिन्छ । युवा जोश अनि जाँगरले समस्त युवा पुस्तालाई प्रेरित गरिरहेको प्रष्ट देखिएको छ ।
न्यौपाने नेपाल सरकारको सिफारिसमा मुलुकको समग्र बैंकिङ्ग क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप संविधान दिवस २०७६ को अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीबाट प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा विभुषित पनि भए ।
टुना भट्ट
टुना भट्ट रातोपाटी अनलाइन टिभीकी संयोजक तथा समाचार प्रस्तोता हुन् ।
कमेन्ट
- Nov. 14, 2019, 4:56 a.m. Narayan Thapaliyaउहाँ को बिचार चाहिँ मन परो तर लगानीी मा जनता मुखि छ छैन छ भनी लगानिमा सरल रशुलभ तरिका ले गरिब धनी जो भए पनि उस्कोचाहाना र बिचार योजना अनुसार लगानी सार्थक गरेर देखाउनु उत्तम हुन्छ
- 0 Reply
- Nov. 13, 2019, 10:29 p.m. Bishwomber ParajuliAti sundar prastuti yo article le kancho CEO ko Agadi badne paiela laie tewa dinexa ❗️
- 0 Reply
- Nov. 13, 2019, 12:37 p.m. Manoj ThapaSafal karya Kal ko suva kamana!
- 0 Reply
- Nov. 12, 2019, 6:07 a.m. Kuldip Poudelएन अार्इ सी एसियाकाे प्रायः एटीएम मेसिनहरू बिग्रेका हुन्छन् । त्यसैले मैले अर्काे बैँकमा खाता खाेलेर त्यसकाे एटिएम चलाउँछु । तर याे सिर्इअाेले भने मज्जाकाे गफ दियाे । याे बैँकमा जस्ताे कर्मचारीहरूकाे टर्न अाेभर अन्त कहीँ पनि हुँदैन । मेराेे घर नजिककाे ग्वार्काे शाखामा मात्रै विगत २ वर्षमा ६ जना ब्रान्च म्यानेजरहरू फेरिएका छन् । यसले दिनु सम्म गफ दियाे । याे जस्ताे खत्तम बैँक कुनै छैन । अब ग्वार्काे मै अर्काे गतिलाे बैँकले शाखा खाेलेमा मैले अाफ्नाे खाता तुरून्त बन्द गर्छु ।
- 0 Reply
- Nov. 11, 2019, 9:23 p.m. Rabin KafleInterest rate dherai high chha. Kasari hunchha loan linebata dherai vanda dherai paisa uthau vanne soch chha ki jasto pani dekhinchha. yo kura laai pani bichar gardinus sir. arko kura, yadi tapai banking ma euta revolution lai garna chahanu hunchha vane. Loan ko interest rate fixed garne rule apply garnus. tapaiharu afno hisale interest rate badhako badhai garnu hunchha ani rastra bank le ni, "good job guys" vane jasto garchha. Dhito tanna leko hunchha ani loan line laai nilnu na okalnu hunchha. Sachcha vanda yo tarikale rini laai behal banko chha. yo bisaya ma tapai kehi pani bolnu vayena. boldinus na sir.
- 0 Reply
- Nov. 11, 2019, 6:21 p.m. Indra thapaNic Asia super bank ho . Bod rosan sab ra whole team Lai badhayi xa.
- 0 Reply