बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘मिष्टर नेपाली’ मा साहिल र कुसुमको रोमान्स

सोमबार, २५ कात्तिक २०७६, १४ : ५५
सोमबार, २५ कात्तिक २०७६

काठमाडौं । पछिल्लो समय चलचित्रमा नयाँ प्रतिभा भित्रिने क्रम बढ्दो छ । यस्तैमा कात्तिक २९ गतेबाट प्रदर्शनमा आउन लागेको सदाबहार अभिनेता भुवन केसी अभिनित फिल्म ‘मिष्टर नेपाली’बाट पनि दुई नयाँ कलाकार साहिल श्रेष्ठ र कुसुम राउत भित्रिने भएका छन् । 

आउँदो शुक्रबार रिलिज हुन लागेको फिल्ममा भुवन केसीको अलवा साहिल र कुसुमको पनि मुख्य भुमिका रहेको छ । फिल्म देव भुषालले निर्देशन गरेका हुन् । फिल्ममा साहिल र कुसुम जोडी बनेका छन् । अमेरिकाबाट फर्किएका केटोको भूमिका फिल्ममा आफुले निर्बाह गरेको राजधानीमा आयोजित एक कार्यक्रममा साहिलले बताए । ‘ डेब्यु फिल्म भएपनि दर्शकका लागि आफु नयाँ लाग्दैन’ साहिलले थपे ।

कुसुमले पनि फिल्मबाट आफु निकै आशावादी रहेको बताइन् । विदेशमा रहेपनि नेपाली मन फेरिदैन भन्ने कथालाई उठान गरेको फिल्म राष्ट्रियताको कथाको अलवा कमेडी, प्रेमकथाको प्याकेज भएको निर्देशक भुषालले जानकारी दिए । प्रेमराज दाहालको निर्माणमा फिल्म तयार भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप