बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एनएमबीले ३५ प्रतिशत लाभांश दिने

सोमबार, २५ कात्तिक २०७६, १४ : ३९
सोमबार, २५ कात्तिक २०७६

काठमाडौं– एनएमबी बैंकले आफ्ना सेयरधनीलाई गत वर्षको नाफाबाट लाभांश दिने भएको छ । बैकले ३५ प्रतिशत लाभांश दिन लागेको हो । 

बैंकले २१ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश दिने जनाएको छ । बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो ।

लाभांश राष्ट्र बैंकबाट स्वीकृत भइसकेको छ । बैंकको आगामी साधारणसभाबाट पारित भएपछि लाभांश वित्तरण हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप