शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपनिर्वाचन २०७६ : मकालुका सबै मतदान केन्द्र संवेदनशील

सोमबार, २५ कात्तिक २०७६, १४ : १३
सोमबार, २५ कात्तिक २०७६

संखुवासभा– मकालुका सबै मतदान केन्द्रलाई संवेदनशील मानिएको छ । सङ्खुवासभाको मकालु गाउँपालिकामा अध्यक्ष पदका लागि लागि आगामी मङ्सिर १४ मा उपनिर्वाचन हुँदैछ । खाँदबारी नगरपालिका–३ मा समेत वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । दुवै ठाउँमा निर्वाचन आयोगले ११ मतदानस्थल तोकेको छ ।

एघार मतदानस्थलमध्ये १० वटा सुरक्षाका हिसाबले संवेदनशील रहेको निर्वाचन कार्यालयका प्रमुख  चोलाराज दङ्गालले बताए । उनका अनुसार १० मतदानस्थललाई  जिल्ला सुरक्षा समितिले संवेदनशीलको सूचीमा राखेको हो ।  सुरक्षाका दृष्टिले १० मतदानस्थललाई संवेदनशील मानिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । एक मतदानस्थलको दुई मतदान केन्द्रलाई मात्रै सामान्य संवेदनशीलको सूचीमा राखिएको उनले उल्लेख गरे ।  

संवेदनशील मतदानस्थलमा नौ हजार एक मतदाता छन् भने १३ मतदान केन्द्र छन् । सङ्खुवासभा मकालु गाउँपालिकाका १० वटै मतदानस्थललाई सुरक्षाका हिसाबले संवेदनशील मानिएको प्रजिअ दुलाल बताउँछन् । मकालुमा गाउँ अध्यक्ष र खाँदबारी–३ मा वडाअध्यक्षको पदका लागि उपनिर्वाचन मङ्सिर १४ गते निर्वाचन हुँदैछ ।

उपनिर्वाचन हुने मकालु गाउ“पालिकामा नौ हजार एक तथा खाँदबारी नगरपालिका–३ मा एक हजार ८२२ मतदाता छन् । मतदान केन्द्रलाई दुई भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ दुलालले जानकारी दिए ।

संवेदनशील मतदानस्थल तथा केन्द्रको सुरक्षा चुनौती हेरेर सोही अनुसार सुरक्षाकर्मी परिचालन गरिने प्रजिअ दुलालको भनाइ छ । भौगोलिक विकटता, दलीय प्रतिस्पर्धा र यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर संवेदनशील र सामान्य मतदानस्थलका रुपमा छुट्याइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप