बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

युरोपा लिग छनौट : मिलानको आधा दर्जन गोल, एभर्टन विजयी

शुक्रबार, ०२ भदौ २०७४, ०९ : ४०
शुक्रबार, ०२ भदौ २०७४

मिलान । एसी मिलानले मेसेडोनियाको क्लब स्केन्डीजालाई ६–० गोलअन्तरले पराजित गर्दै युरोपा लिगको समूह चरणमा छनौट हुने सम्भावना बलियो बनाएको छ ।

पहिलो हाफमा यस सिजन अनुबन्ध भएका आन्द्रे सिल्भाको दुई तथा रिकार्डो मोन्टेलिभोको एक गोलको मद्दतले पहिलो हाफमा मिलानले ३–० को अग्रता बनाएको थियो ।

त्यस्तै, दोस्रो हाफमा सन्डरल्याण्डबाट लोनमा आएका फाबियो बोरिनी, लुका एनटोलेनी र मोन्टेलिभोले एक–एक गोल थप्दै टोलीलाई सहज दिलाए ।

सन् २०१३–१४ सिजनपछि मिलान पहिलो पटक युरोपियन प्रतियोगितामा फर्किएको हो ।

त्यस्तै युरोपियन प्रतियोगितामा मिलानको यो दोस्रो ठूलो जीत हो । यसअघि मिलानले युनियन लक्जम्बर्गलाई ८–० गोलअन्तरले पराजित गरेको हो ।

उता, इंग्लिस क्लब एभर्टनले पनि हाजडुक स्पील्टलाई २–० ले पराजित गर्दै विजयी शुरुवात गरेको छ । 

स्पील्टका समर्थकहरुले हुलदंगा गरेको खेलमा माइकल किन र इडरिसा गुआइले गोल गर्दै एभर्टनलाई जित दिलाए ।

अन्य खेलमा आयाक्स र फेनरबाचे भने पराजित हुन पुगेको छ । आयाक्स आफ्नै मैदानमा रोजनवर्गसँग १–० ले पराजित भयो भने फेनरबाचे भार्डारसँग २–० ले स्तब्ध बन्यो ।

स्पोर्टिङ ब्रागाले जीत निकाल्दा मार्से र डाइनामो जागरेब भने आ–आफ्नो खेलमा बराबरीमा रोकिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप