शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पतालको लापर्वाहीले १७ वर्षीया किशोरीको ज्यान गएको परिवारको आरोप

सोमबार, २५ कात्तिक २०७६, १३ : ३४
सोमबार, २५ कात्तिक २०७६

बुटवल । लुम्विनी मेडिकल कलेज पाल्पा प्रभास अस्पतालको लापर्वाहीका कारण गुल्मी तम्घासकी १७ वर्षीया किशोरीको ज्यान गएको छ । रेसुङ्गा नगरपालिका वडा नम्वर ८ तम्घास खानीगाउँ थुम्काकी १७ वर्षीया लक्ष्मी रसाईली (विक) को अस्पतालको लापर्वाहीका कारण ज्यान गएको हो ।

शनिबार साँझ बिरामी परेर आमा रेश्मा विकले प्रभास अस्पतालमा लिएर गएको भोलिपल्ट(आइतबार) चिकित्सकहरुले एपेन्डिस भएको भन्दै अप्रेशन गरेका थिए ।  अप्रेशन गर्नुअघि घरमा रहेका बाबु टिका विश्वकर्मासँग राम्रै कुराकानी गरेकी थिइन् । लक्ष्मीले गाडीमा वान्ता समेत गरेपछि आमाले उनलाई सम्हालेकी थिइन् । लक्ष्मीको परिवारले अस्पतालको लापर्वाहीका कारण ज्यान गएको आरोप लगाएका छन् ।

अस्पताल पुगेका गुल्मीका दलित अधिकारकर्मी गणेश विश्वकर्माले डाक्टरको चरम लापर्वाहीका कारण सामान्य विमारी भएकी लक्ष्मीको अकालमा ज्यान गएको बताए ।  उनले भने, ‘एपेन्डिसको अप्रेशन गर्ने क्रममा अण्डाकोषमा घाउ लगाई दिएपछि उनको ज्यान गएको पाइएको छ ।’


आइतबार दिउँसो १२ बजे उनलाई अप्रेशन थियटरमा लगिएको थियो । अप्रेशन गरेर होस नफर्केपछि  साँझ ८ बजे भैरहवा मेडिकल अस्पताल पु¥याइएको थियो । त्यहाँका डाक्टरले लक्ष्मीको पहिल्यै ब्रेन डेथ भई सकेको हुनुपर्ने भन्दै मृत घोषणा गरेका थिए ।

अहिले लक्ष्मीको शव भैरहवमा मेडिकल कलेजमै राखिएको बाबु टिका बिश्वकर्माले बताए । छोरीको निधन भएपछि आफुलगायत दश बाह्रजना पाल्पा प्रभास अस्पतालसँग छलफल गर्न गइरहेको नेता विश्वकर्माले बताए ।  छलफलमा अस्पताल प्रशासनले लक्ष्मीको अण्डाकोषमा पहिले नै घाउ भएको र रगत जमेको दावी गर्दै आफुहरुको लापर्वाही नभएको जिकिर गरेको छ ।

मृतकका आफन्तजनले भने लक्ष्मी स्वास्थ्यकर्मीहरुको लापर्वाहीको शिकार भएको आरोप लगाएका छन् । लक्ष्मी तम्घास खानीगाउँको शिद्धबाबा माध्यामिक विद्यालय कक्षा ९  की छात्रा हुन् । केही दिन अघिसम्म उनी स्कुल आएको प्रधानाध्यापक डोरबिक्रम श्रीसले बताए ।

‘उनको मृत्यु भयो होला भनेर हामी कल्पनासम्म गर्न सकेका छैनौ, विद्यालय परिवार शोकाकुल छ, शिक्षक, कर्मचारी विद्यार्थीहरुले श्रद्धाञ्जी अर्पण पश्चात आज शोक बिदा गरेका छौं’ प्रधानध्यापक श्रीसले भने ।  लक्ष्मी र उनकी बहिनी पुजा जुम्ल्याहा हुन् । पुजा पनि सोही विद्यालयको एउटै कक्षामा पढदै आएकी छिन् । उनीहरु चारबहिनी एक भाई रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप