मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भारतसँगको सिमानामा सीमा सुरक्षा बल बढाउने तयारीमा सरकार

सोमबार, २५ कात्तिक २०७६, १२ : ४९
सोमबार, २५ कात्तिक २०७६

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले भारतसँगको सीमासम्बन्धी विवाद नयाँ भएको नभइ झण्डै ६ दशकभन्दा बढी यताको विवाद नभएको बताएको छ । 

सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै बादलले अहिले फेरि यो विषय समस्याको रुपमा अगाडि आएको भन्दै यसमा नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरिसकेको बताए । 

‘यो विषयमा नेपाल सरकारले आफ्नो धारणा निरन्तररुपमा राख्दै आएको छ’ उनले भने, ‘नेपालको सीमाना लिम्पियाधुरा काली नदी नै हो भन्ने आएको छ । यो समस्यालाई समाधान गर्नका निम्ति निरन्तर प्रयत्न पनि हुँदै आएको छ । पछिल्लो समयमा दुई देशबीचको सचिव लेभलमा जोइन्ट कमिटी बनेको छ । त्यो माध्यमबाट यो समस्याको समाधान गर्न प्रयास भइरहेको छ ।’

भारतसँगको सीमा समस्या हल गर्नुपर्छ भन्नेमा सिंगो राष्ट्र एकतावद्ध रहेको बताउँदै बादलले समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको पनि बताए । 

सीमा सम्बन्धी सुरक्षाको जिम्मेवारी गृह मन्त्रालयको बताउँदै मन्त्री थापाले दार्चुलामा सीमा सुरक्षा बल रहेको तर विवादित क्षेत्रमा भने नरहेको बताए । 

यस्तै सीमा सुरक्षा बल अपुग रहेको स्वीकार्दै बादलले यसलाई विस्तार गर्ने योजना बनिरहेको पनि बताए । आगामी दिनमा यो समस्या हल गर्ने क्रममा सीमा सुरक्षा सम्बन्धी कामलाई पनि अघि बढाइने बाददले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप