शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालिका गर्भवती प्रकरण : अभियुक्तले स्वीकारे आफ्नो अपराध

सोमबार, २५ कात्तिक २०७६, ११ : ५०
सोमबार, २५ कात्तिक २०७६

काठमाडौँ । अछामको रामारोशन–४ की १२ वर्षीया सुस्त मनस्थितिकी बालिकालाई करणी गरी गर्भवती बनाएको आरोपमा पक्राउ परेका एक अभियुक्तले आफ्नो अपराध स्वीकार गरेका छन् ।

पक्राउ परेका (नाम परिवर्तन) श्यामले ती बालिकासँग एकपटक यौनसम्पर्क राखेको स्वीकारेको स्रोतले बताएको छ । प्रहरीले १४ वर्षीय श्यामलाई कात्तिक ९ गते पक्राउ गरेको थियो ।

यसअघि ती बालिकाले (नाम परिवर्तन) हरिले आफूलाई बलात्कार गरेको भन्दै पोलेकी थिइन् । प्रहरीमा उजुरी परेलगत्तै १३ वर्षीय हरि कात्तिक ५ गते पक्राउ परेका थिए । श्याम र हरि ती बालिकाकी छिमेकी हुन् ।

बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।  अनुसन्धानको क्रममा हरिले आफूलाई बलात्कार गरेको भन्दै बालिकाले प्रहरीसमक्ष पहिलोपटक आरोप लगाएर पोलेकी थिइन् । 

अनुसन्धानकै क्रममा ती बालिकाले एकाएक आफ्नो बोली फेरिन् । श्याम भन्नुपर्ने ठाउँमा हरि भनेको भन्दै ती बालिकाले बयान फेरेकी स्रोतले जनाएको छ । हरिले होइन श्यामले आफूलाई बलात्कार गरेको भन्दै पोलिन् ।

पक्राउ परेका श्यामले ती बालिकासँग एकपटक यौनसम्पर्क राखेको स्वीकारेको प्रहरी स्रोतले बताएको छ । श्यामविरुद्ध जिल्ला अदालतले तेस्रोपटक म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई अनुमति दिएको छ ।

यता प्रहरीको सोधपुछको क्रममा हरिले बालिकालाई बलात्कार गरेको अस्वीकार गर्दै आएका छन् । पक्राउ परेका हरिविरुद्ध प्रहरीले तीनपटक अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । सम्भवतः प्रहरीको निष्कर्ष र अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाइनेछ ।

प्रहरीले श्याम र पीडित बालिकको रगत डीएनए परीक्षणको लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुसी पठाइएको जिल्ला प्रहरी कार्यालय अछामका इन्सपेक्टर अनिल अवस्थीले जानकारी दिए ।

यता, बालिकाको पेटमा ५ महिनाको गर्भ रहेको पाइएको थियो । एक हप्ताअघि बालिकालाई थप उपचारको लागि अछामबाट काठमाडौँस्थित प्रसुती गृहमा ल्याइएको थियो ।

शुक्रबार अस्पतालका चिकित्सकले प्रसूती वेथा लाग्ने औषधिमार्फत उनको गर्भमा रहेको शिशु तुहाइदिएका छन् । गर्भपतनसँगै बालिका अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

सुस्त मनस्थिति रहेका बालिकालाई एक महिनाअघि कुकुरले टोकेपछि उपचारका लागि अस्पताल पुर्याइएकी उनको जाँचका क्रममा चिकित्सकले पेटमा बच्चा भएको अभिभावकलाई बताएका हुन् ।  ती बालिकाकी बाबुआमा पनि सुस्तमनस्थिति रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप