बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कुक र रुटको शतकले दिवा–रात्री टेस्टमा इंग्ल्याण्डको पकड

शुक्रबार, ०२ भदौ २०७४, ०९ : १४
शुक्रबार, ०२ भदौ २०७४

एजबास्टन । एलिस्टर कुक र जो रुटले शतक प्रहार गरेपछि वेस्ट इन्डिजबिरुद्धको पहिलो दिवा–रात्री टेस्टको पहिलो दिनमा बलियो पकड बनाएको छ ।

कुकले पूरा दिन ब्याटिङ गरेर नटआउट रहँदै १ सय ५३ रन बनाउँदै १ सय ३६ रन बनाएका रुटसँग २ सय ४८ रनको साझेदारी गरेपछि इंग्ल्याण्डले पहिलो दिनको खेल समाप्त हुँदा ३ विकेटको क्षतिमा ३ सय ४८ रन बनाएको छ ।

डेब्यु गरेका ओपनर मार्क स्टोनम्यानले ८ रन बनाए भने टम वेस्टली समान स्कोरमा आउट भए । डेविड मलान २७ रन बनाएर नट आउट रहेका छन् ।

केमार रोचले दुई विकेट लिएको बाहेक मैदानमा वेस्ट इन्डिङ बलिङ र फिल्डिङ दुवैमा कमजोर देखिएको थियो ।

रुटले अर्धशतक बनाएको यो लगातार ११ औँ टेस्ट हो । यो इंग्ल्याण्डको लागि नयाँ किर्तिमान हो भने एभी डि भेलियर्सले बनाएको किर्तिमानभन्दा एक कम हो । यद्यपि, पछिल्ला १० मध्ये उनले मात्र दुईवटालाई शतकमा परिणत गरेका थिए ।

उता, कुकले पिछल्ला ९८ टेस्ट इनिङमा ३१ वटा अर्धशतक बनाए पनि मात्र ५ वटा शतक बनाउन सकेका थिए ।

वेस्ट इन्डिजले सन् २०१२ पछि घरेलु मैदानबाहिर कुनै पनि टेस्ट जितेको छैन भने १७ वर्ष यता इंग्ल्याण्डको भूमिमा टेस्ट जित्न सकेको छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप