शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धादिङमा १८ करोड लागतमा भव्य रिसोर्ट सञ्चालन

आइतबार, २४ कात्तिक २०७६, २३ : १४
आइतबार, २४ कात्तिक २०७६

धादिङमा पछिल्लो समय रिसोर्ट तथा सुविधासम्पन्न होटलहरु खुल्ने क्रम बढेको छ । यसैक्रममा सदरमुकाम धादिङबेसी (नीलकण्ठ नरगपालिका–४ स्थित शीतल बजार) मा करीब १८ करोडको लागतमा भव्य रिसोर्ट सञ्चालनमा आएको छ । 

धादिङकै केही युवा उद्यमीहरुको सक्रियतामा ‘धादिङ क्रिक रिसोर्ट प्रालि’ सञ्चालनमा आएको हो ।  

रिसोर्ट सञ्चालक गोविन्द भण्डारीले भिजिट नेपाल २०२०  नजिकिँदै गएको बेला धादिङ घुम्न आउने पाहुनालाई स्तरीय सेवासुविधा प्रदान गर्ने लक्ष्यका साथ रिसोर्ट सञ्चालनमा ल्याइएको बताए । उनले यो रिसोर्ट धादिङबेसीमा सञ्चालित एक्लो स्तरीय रिसोर्ट भएको पनि बताए । 

२० एसी कोठाहरु रहेको रिसोर्टमा ६० जना क्षमताको सेमिनार हल र ३५० जना क्षमताको बैक्वेट हल उपलब्ध रहेको भण्डारीले जानकारी दिए । यस्तै रिसोर्टमा युवा र बालबालिकाका लागि छुट्टाछुट्टै स्वीमिङ पुलका साथै प्रशस्त पार्किङको प्रवन्ध समेत रहेको छ । 

अर्को महत्वपूर्ण पक्ष त के छ भने रिसोर्टमा बसेरै प्राकृतिक दृश्यावलोकन गर्दै आनन्द लिन सकिन्छ । सदरमुकामको बीचभागबाट बग्ने अरुण खोला किनारमा सञ्चालित यो रिसार्टमा ग्राहकहरुको माग बमोजिमका मौलिक खानपिन र शान्त वातावरणमा आनन्द लिन सकिने उनको भनाइ छ ।

भण्डारीसहित रामचन्द्र गिरी र गीता रायमाझीको संयुक्त लगानीमा गत भदौबाट पूर्ण रुपमा सञ्चालनमा आएको यो रिसोर्टमा २४ जनाले प्रत्यक्षरुपमा रोजगारी पाउनुका साथै अप्रत्यक्ष रुपमा सयौ लाभान्वित भएका छन् । 

सस्तो र सर्वसुलभ सेवा दिँदै आएको रिसोर्टले सञ्चालनको छोटो समयमै धेरै ग्राहकको मन जित्न सफल भएको बताइन्छ । सुन्दर हावापानी र प्राकृतिकको काँखमा रहेको यो रिसोर्ट शान्त वातावरण हुनुका साथै सर्वसुलभ भएका कारण पनि धेरैको रोजाइमा पर्न सफल भएको बताइएको छ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप