शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गैरनेपाली भाषाका साहित्यकारलाई राज्यले बेवास्ता गरेको साहित्यकारको आरोप

आइतबार, २४ कात्तिक २०७६, १९ : २०
आइतबार, २४ कात्तिक २०७६

जनकपुर – जनकपुरमा साहित्य सम्झनाको क्रममा साहित्यकारहरुले मुलुकले नेपाली भाषा बाहेकको अस्तित्व स्वीकार गर्न नसकेकोमा दुःख व्यक्त गरेका छन् । जनकपुरमा तीन दिवसीय आयोजित नेपाल साहित्य उत्सवको क्रममा साहित्य सम्झनाको बहसमा देशमा संघीयता आए पनि नेपाली भाषा मात्रै शासकीय रुपमा देखिएकाले अन्य भाषाको अस्तित्वको संरक्षण हुन नसकेकोमा साहित्यकारहरुले दुःख व्यक्त गरेका हुन् ।

‘साहित्य सम्झनामा’ शिर्षकमा मैथिली, नेपाली, भोजपुरी लगायतका अन्य भाषाका साहित्यकारहरुलाई उनीहरुले सम्झेका थिए ।

मैथिली र भोजपुरी साहित्यको उत्थानमा योगदान पु¥याएका तथा ओझेलमा पारिएका साहित्यकारहरुलाई सम्झना गर्नुका साथै यी दुबै भाषाको साहित्यिक अवस्थाप्रति विचार विमर्श गरिएको थियो । 

यस कार्यक्रममा सहभागी साहित्यकारहरुले ती साहित्यकारहरुलाई उचित सम्मान दिन नसकिएको आरोप समेत लगाए । उनीहरुले अहिले आफ्नो कुरो केन्द्रसम्म पु¥याउनका लागि नेपाली भाषाकै सहारा लिन परिरहेकोमा दुःख व्यक्त गरे ।

मैथिली भाषाका प्रगतिशिल साहित्यकार रोशन जनकपुरीले साहित्यकारहरुमा बौद्धिक चेतनाको अभाव रहेका कारण साहित्य क्षेत्र प्रगतिपथमा अगाडि बढ्न नसकेको बताए । राज्यको गलत नीतिका कारण साहित्यकारहरु नेपाली भाषा साहित्यभन्दा अगाडि बढ्न नसकेका कारण नेपथ्यका साहित्यकारहरु प्रगति गर्न नसकेको बताए ।

देशमा संघीयता आए पनि अन्य भाषाको विकासका लागि राज्यको तर्फबाट कुनै प्रकारको प्रयास गर्न नसकिएकोमा दुःख व्यक्त गरे । उनले भने, ‘सन्तुष्ट हुने अवस्था नरहेपनि संघियताका कारण परिवर्तनको अनुभूति गरिरहेको छु । जनताको संघर्षका कारण देशमा संघीयता आएपछि अन्य भाषीहरुले पनि मैथिली बुझ्न खोज्नु सुखद पक्ष हो ।’

भोजपुरी भाषाका साहित्यकार गोपाल अस्कले साहित्यकारहरुले अन्य भाषाको सह–अस्तित्व स्वीकार गर्नुपर्नेमा जोड दिए । अन्य भाषाको साहित्यिक अस्तित्वलाई स्वीकार गरे मात्रै नेपाली बाहेकका भाषा बाहेकका साहित्य समेत फस्टाउने बताए । 

अस्कले देशमा नेपाली भाषा बाहेकका भाषाले उचित स्थान त पाउन सकेका छैनन् त्यसमाथि प्रदेश दुईमा पनि मैथिली भाषाको मात्रै चर्चा गर्नु उचित नरहेको उनको भनाइ थियो । उनले सिंगो मुलुकका साथै प्रदेशमा समेत भोजपुरी साहित्य समान व्यवहार खोजिरहेको बताए ।

नेपाली भाषामा कलम चलाउँदै आइरहेका मधेशी अनुहार अरुणकुमार राउतले मैथिली साहित्यकारहरुले मैथिलीको कुरा लेख्न नरुचाएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप