शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

इसेवाको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजनाका विजेताले पाए मोटरसाइकल

आइतबार, २४ कात्तिक २०७६, १८ : ३२
आइतबार, २४ कात्तिक २०७६

काठमाडौं– नेपालको पहिलो पेमेन्ट गेटवे  इसेवाले दशैँ तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्बजनिक गरेको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ नामक योजनाका बिजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । 

बम्पर उपहार बिजेता मकवानपुरका लेखनाथ पौडेललाई यमाहाको एफ जेड एस एफ आइ भि थ्रि मोटरसाइकल हस्तान्तरण गरिएको छ । यसैगरी अर्को बम्पर उपहार बिजेता काठमाडौ रामकोटका किरण घलेलाई एक साताको लागि एक जोडिलाई दुवई ट्रिपको प्याकेज हस्तान्तरण गरिएको छ । 

इसेवाको यस उपहार योजनामा ३ सय ५० जनाले विभिन्न भाग्यशाली उपहार जित्न सफल भएका छन् । ६ हप्तासम्म सञ्चालन भएको उपहार योजनामा हरेक हप्ता ५८ जना व्यक्तिले विभिन्न उपहार जित्न सफल भएका थिए । 

यस उपहार योजनामा केफसीको उपहार कुपन हरेक हप्ता १६ जनाका दरले ६ हप्तासम्म ९६ जनाले जित्न सफल भए । यसैगरी उपहार योजनाभर  युएफओका तर्फबाट ९६, मिनिसोका तर्फबाट ४८, प्रिती क्लिकको सपिङ भौचर १८ जनाले जित्न सफल भए । यस्तै दुल्लाको वालेटमा १० जना, लाटिदोको व्याग ६ जनाले तथा ओयो रूम ६ जनाले जित्न सफल भए । 

यस्तै क्यास्पर की, इ ईस्क्यान, एम सेक्युरिटिज र वार्डविजका एन्टि भाइरस १२ जनाका दरले जित्न सफल भए ।  यसैगरी सिजिका टेलिभिजन ६ जनाले, भायानेटको इन्टरनेट ३ जनाले तथा चियर्सको गिफ्ट भौचर ६ जनाले जित्न सफल भए ।

असोज १ गतेदेखि कार्तिक १६ गतेसम्म इसेवामार्फत कारोबार गर्ने हरेक व्यक्ति यस उपहार योजनामा सहभागी भएका थिए ।

इसेवामा हाल ५६ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन् । यी बैंक तथा वित्तीय संस्थाबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हाल इसेवाका ग्राहक २५ लाख भन्दा बढी पुगी सकेका छन् र यो संख्या निरन्तर बढ्ने क्रममा छ ।

देशभर रहेका इसेवाका ६० हजार भन्दा बढी एजेन्ट मार्फत ७५ लाख भन्दाबढिले इसेवाका सेवाहरु लिइरहेका छन् । हाल इसेवामा ७० हजार भन्दा बढि मर्चेन्ट आवद्ध छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप