शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अक्षयकुमारको डेब्यु म्युजिक भिडियोले तहल्का

आइतबार, २४ कात्तिक २०७६, १८ : ०७
आइतबार, २४ कात्तिक २०७६

मुम्बई । बलिउड अभिनेता अक्षयकुमारका फिल्मले बक्स अफिसमा तहल्का पिटिरहेका छन् । अब उनले म्युजिक इन्डष्ट्रिजमा पनि तहल्का मच्चाउने भएका छन् ।

अक्षय अभिनित पहिलो म्युजिक भिडियो ‘फिलहाल’ रिलिज भएको छ । जसमा अक्षयको कृति सैननकी बहिनी नुपुरसँग रोमान्स देखाइएको छ ।  

बी प्राकको स्वर रहेको गीत एक अधुरो प्रेमकथामा आधारित छ । जसमा दुई प्रेमी समाजले बनाएको नियमको कारण एक हुन सकेनन् ।

यो भिडियोको सुटिङ समयको तस्बिर पनि सोसल मिडियामा भाइरल भएको थियो । गीतले पनि रिलिज भएको १२ घन्टामा १५ मिलियन बढी दर्शक पाएको छ । भिडियोमा अभिनेत्री नुपूरको अभिनय समेत मन पराइएको छ । 
अक्षयले म्युजिक भिडियो आफ्नो इन्स्टाग्राममा शेयर गर्दै लेखेका छन् ‘उद्योगमा यत्रो समय रहेपछि, मैले म्युजिक भिडियो डेब्यु गर्ने फैसला गरेँ ।’

अक्षय छिट्टै फिल्म ‘सुर्यवंशी’ र ‘गुड न्युज’मा देखिदै छन् । यसका अलवा उनको साथमा अन्य केही फिल्म पनि छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप