सीमा समस्या समाधान गर्न उपयुक्त अवसर प्राप्त भएको छ: भीम रावल
काठमाडौं– प्रमुख राजनीतिक दलका नेताहरुले भारतसँग कालापानी लगायतका सीमा समस्या समाधान गर्न सरकारलाई उपयुक्त अवसर प्राप्त भएको बताएका छन् । सत्तारुढ नेकपाका नेता भीम रावल, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता रमेश लेखक, राष्ट्रिय जनता पार्टी, नेपालका नेता महेन्द्रराय यादवले कालापानीलगायतका नेपाली भूमि भारतले मिचेको यथेष्ट प्रमाण नेपालसँग रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि सरकारलाई उपयुक्त अवसर प्राप्त भएको बताएका हुन् ।
आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेकपामा नेता रावलले सरकारलाई यो समस्या समाधानका लागि राष्ट्रिय सहमति प्राप्त भएको पनि स्मरण गराए ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस नेता एवम् पूर्वमन्त्री लेखकले नेपाली भूमि कालापानीमा भारतीय सुरक्षा बल हटाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि सरकारले उपयुक्त अवसर प्राप्त भएको बताए । उनले नेपालले ती समस्या समाधानका लागि प्रधानमन्त्री स्तरमा तत्काल छलफल गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।
राष्ट्रिय जनता पार्टी, नेपालका नेता यादवले उच्च स्तरीय राजनीतिक नेतृत्वबीचको वार्ताद्धारा नेपाल भारतबीचको सीमा समस्या समाधानका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए । उनले नेपालसँग आफ्नो मिचिएको भूमि भारतबाट फिर्ता लिन यथेष्ट प्रमाण रहेको पनि उल्लेख गरे ।
नेता यादवले दुई मुलुकबीचको सीमा समस्या विगत देखिनै रहेको उल्लेख गर्दै दुई तिहाई मत सहितको बलियो सरकारले ती समस्याको दीर्घकालीन समाधान गर्ने विश्वास पनि व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा