शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सीमा विवाद वार्तामार्फत समाधन गर्नपर्छ: नेतृ संग्रौला

आइतबार, २४ कात्तिक २०७६, १६ : २०
आइतबार, २४ कात्तिक २०७६

बुटवल– नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले भारतीय हस्तक्षेपबारे तत्काल वार्तामार्फत समाधान गनुपर्ने बताएकी छन् । बुटवलमा रिपोटर्स क्लब प्रदेश ५ को साक्षात्कारमा बोल्दै सांसद समेत रहेकी नेतृ संग्रौलाले नेपालको सिमा रक्षाका लागि सबै दल एक ठाउँमा उभिन जरुरी रहेको बताइन् ।  अब कुटनीतिक र राजनीतिक वार्ताले मात्र पुग्दैन, स्वयम् प्रधानमन्त्री र भारतीय प्रधानमन्त्री बीच वान टू वान वार्ता हुनुपर्छ’ उनले भनिन् ।

एक फरक प्रसङ्गमा उनले नेपालको राजनीतिक नया चिराबाट जानुपर्ने आवश्यकता औल्याइन् । सरकारले प्रदेश प्रमुखको बर्खास्ती गरेर गलत नजिर बसेको उल्लेख गर्दै उनले संविधान लागू गर्ने कुरालाई राजनीतिक प्रतिशोध बनाउन नहुने बताइन् ।

पछिल्लो समय महिलाहरुमाथि बलात्कार तथा हत्याका घटनाहरु बढ्दै गएको बताउँदै उनले निर्मला बलात्कार तथा हत्याकाण्ड अहिलेसम्म पत्ता लाग्न नसक्नु त्यसको उदाहरण भएको उल्लेख गरिन् । नेकपाकीे केन्द्रीय सदस्य सिता पौडेलले भारतले नेपालको नालापानी र कालापानी आफ्नो नक्सामा राख्दा सिमा विवाद थप पेचिलो भएको उल्लेख गर्दै यो समस्या पहिलेदेखि नै रहेको उल्लेख गरिन् ।

नेपालका अन्य ठाउँहरुमा पनि भारतले नेपालको सीमा मिचेको उल्लेख गर्दै उनले सीमा सुरक्षाका लागि सरकारले हिजो मात्रै सर्वदलीय बैठक बोलाएर छलफल गर्नु सकारात्मक काम भएको बताइन् । भारतले आफ्नो डिजिटल नक्सामा नेपालको कालापानी, लिपुलेक तथा लिम्पियाधुरालाई समेटेपछि चर्को विरोध भैरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप