बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङको ट्रिपल रियर क्यामरायुक्त स्टाइलिस ग्यालेक्सी ए२०एस नेपाली बजारमा

आइतबार, २४ कात्तिक २०७६, १६ : १८
आइतबार, २४ कात्तिक २०७६

काठमाडौं– नेपालको सबै भन्दा ठूलो कन्ज्युमर इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्राण्ड सामसङले हालै ग्यालेक्सी ए२०एस बजारमा प्रस्तुत गरेको छ । 

ग्यालेक्सी ए२०एसमा नयाँ विशेषताहरु राखिएका छन् । कनेक्टिभिटिको नयाँ जमानामा आफ्नो अनुभवलाई क्याप्चर गरी शेयर गर्न चाहने नयाँ पुस्ताको लागि यो फोन विशेषतः निर्माण गरिएको छ । 

ग्यालेक्सी ए परिवारको नयाँ सदस्य, ग्यालेक्सी ए२०एसमा ट्रिपल रियर क्यामरा, १५ वाटको फास्ट चार्जिङ्ग एवं आकर्षक डिजाइन रहेको छ । यो फोन युवा मिलेनियल्स एवं जेन्जीहरुलाई स्मार्ट फोनको उत्कृष्ट अनुभव प्रदान गर्ने छ । 

“स्मार्ट फोन विजिनेसमा ग्लोबल लिडर भएको नाताले हामी प्रयोगकर्ताहरुका लागि अत्याधुनिक आविष्कार प्रदान गर्न निरन्तर प्रयासरत छौं । ग्यालेक्सी ए२०एसको विकास ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी गरिएको हो । 

यसमा शानदार डिस्प्ले, उत्कृष्ट ट्रिपल क्यामरा तथा ऐना जस्तै फिनिसिङ्गको साथ आकर्षक डिजाइन रहेको छ । लाइभ सम्बाद शेयर गर्न, लगातार फोटो क्याप्चर गर्न, लाइभ भिडियो स्ट्रिम गर्न तथा साझा अनुभवको साथ कनेक्ट गर्नको लागि मोबाइल फोनको प्रयोग गर्ने गरिन्छ । 

यस्तै आवश्यकताहरुलाई परिपूर्ति गर्न ग्यालेक्सी ए२०एसको आविष्कार गरिएको हो । यसले दैनिक जीवनलाई अझै सहजता प्रदान गर्नेछ । ८ एम एम स्लिम डिजाइन युक्त यस फोन आकर्षक नयाँ रङ्गहरुमा उपलब्ध रहेको छ” सामसङ मोबाइल बिजिनेस हेड प्रणय रत्न स्थापितले बताउनु भयो  ।

उत्कृष्ट भ्युइङ्ग अनुभव एवं शक्तिशाली व्याट्री 

ग्यालेक्सी ए२०एसमा आकर्षक ६.५ इन्चको एचडी प्लस इन्फिनिटी–वी डिस्प्ले रहेको छ, जुन  प्रयोगकर्ताहरुलाई जीवन्त अनुभव प्रदान गर्नेछ । यसमा ४००० एमएएच को व्याट्री तथा १५ वाटको फास्ट चार्जिङ्ग रहेको छ, जसले गर्दा सहज स्ट्रिमिङ्ग एवं गेमिङ्गको मज्जा लिन सकिन्छ । ग्यालेक्सी ए२०एसमा डल्वी एटमास सराउन्ड साउन्ट प्रविधि रहेको छ । 
 
हरेक पलहरुलाई क्याप्चर गर्न सकिने

ग्यालेक्सी ए२०एसमा शानदार क्यामरा विद्यमान रहेको छ । आजका युवाहरुलाई उत्कृष्ट फिचरहरु प्रदान गर्न यसले मद्दत गर्ने छ । 

ग्यालेक्सी ए२०एसको ट्रिपलर क्यारमा १३ मेगापिक्सलको प्राइमरी रियर क्यामरा, एफ १.८ अपर्चर, ८ मेगापिक्सलको अल्ट्रावाइड लेन्स तथा ५ मेगा पिक्सलको डेप्थ क्यामरा रहेको छ, जसले अत्यन्त आकर्षक फोटो खिच्न सक्षम हुनेछ । 

ग्यालेक्सी ए२०एसमा ८ मेगा पिक्सलको फ्रन्ट क्यामरा रहेको छ, जसले अझै स्पष्ट एवं ब्राइट सेल्फी खिच्न सहयोग मिल्नेछ । 

ग्यालेक्सी ए२०एसमा क्वालकोम स्न्यापड्रागन ४५० अक्टाकोर प्रोसेसर रहेको छ, जसले प्रयोगकर्ताहरुलाई सहजै विभिन्न एपहरु चलाउन सकिन्छ । यो डिभाइसमा स्लीक ८ एम एमको ऐना जस्तै फिनिसिङ्ग भएको अत्यन्त सुन्दर डिजाइन रहेको छ ।  

विभिन्न आकर्षक हरियो, नीलो तथा कालो गरी ३ रंगहरुमा यो फोन उपलब्ध रहेको छ । ग्यालेक्सी ए२०एस ३ जीवी ¥याम ३२ जीवी इन्टरनल स्टोरेज तथा ४ जीवी ¥याम ६४ जिवि इन्टरनल स्टोरेजमा उपलब्ध रहेको छ । यसमा रियर फिङ्गर प्रिन्ट स्क्यानर पनि रहेको छ । 

ग्यालेक्सी ए२०एसको खरिद मूल्य २० हजार ६ सय ९० (३जीवी, ३२ जीवी) र २३ हजार ९ सय ९० (४जीवी, ६४जीवी) तोखिएको छ । यो फोन नेपाली बजारमा कार्तिक ८ गतेदेखि उपलब्ध रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप