बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कालापानी माग्दा प्रहरीको लाठी (फोटोफिचर)

आइतबार, २४ कात्तिक २०७६, १४ : १६
आइतबार, २४ कात्तिक २०७६

काठमाडौँ । भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा पारेको विरोधमा काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा एक दर्जनभन्दा बढी पक्राउ परेका छन् । 

राष्ट्रवादी केन्द्र नेपालले आयोजना गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई लाठी चार्ज गर्दै नियन्त्रणमा लिएको हो । 

गत शनिबार भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि कालापानी क्षेत्रलाई समेत समेटेर जारी गरेपछि त्यसको सर्वत्र विरोध भइरहेको छ । 

प्रर्दशनकारीले विरोध प्रदर्शनमा राष्ट्रिय झण्डा बोकेर समेत आएका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप