शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चेल्सी दोस्रो स्थानमा

शनिबार, २३ कात्तिक २०७६, २३ : २१
शनिबार, २३ कात्तिक २०७६

एजेन्सी-चेल्सी इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार साँझ भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २–० गोलले हरायो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन टमी अब्राहमले ५२ औं र क्रिस्टियन पुलिसिकले ७९औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै दोस्रो स्थानमा उक्लिएको चेल्सीले १२ खेलबाट २६ अंक जोडेको छ । १५ अंक बनाएको क्रिस्टल नवौं स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ३१ अंक छ ।

                           

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप