एसिड आक्रमणमा सघाएको आरोपमा १ जना पक्राउ
शनिबार, २३ कात्तिक २०७६, २२ : ५६
हेटौंडा-साढे छ वर्षअघि हेटौँडाकी विन्दावासिनी कंशाकारलाई एसिड प्रहार गरी फरार भएका दिलीपराज केशरीलाई भगाउन सहयोग गरेको तथा एसिड किन्न सघाएको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडाका सञ्जय मण्डल रहेका छन् ।
पक्राउ परेका मण्डलले मुख्य अभियुक्त केशरीलाई एसिड किन्न सघाउनुका साथै एसिड आक्रमणपछि आफ्नो मोटरसाइकलमा राखेर हेटौँडाको वनविज्ञान अध्ययन संस्थानको मुख्य प्रवेशद्वार नजिक पु¥याई त्यहाँबाट वीरगञ्जतर्पm जाने बसमा चढाएको आरोप छ ।
विसं २०७० वैशाख ९ गते हेटौँडाकी १९ वर्षीया किशोरी कंशाकारमाथि केशरीले एसिड छ्यापेका थिए । भारतीय नागरिक केशरीलाई बारा प्रहरीको सहयोगमा मकवानपुरको प्रहरी टोलीले कात्तिक १५ गते बाराबाट पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार