शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कास्कीमा उपनिर्वाचन : राप्रपा चुनाव प्रचारप्रसारमा

शनिबार, २३ कात्तिक २०७६, २२ : ४०
शनिबार, २३ कात्तिक २०७६

कास्की- राष्ट्रिय प्रजातन्त्र पार्टी आगामी मङ्सिर १४ गते कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको तयारीमा जुटेको छ । 

पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रोमबहादुर भण्डारीसहितको पार्टीका नेता तथा कार्यकर्ता सम्मिलित टोलीले आज पोखरा महानगरपालिका–११ काँहुडाँडा लगायतका स्थानमा घरदैलो कार्यक्रम गरेको छ । काहुँडाँडास्थित काहुँकोट देउराली मन्दिरमा पूजाआजा गरी शुरु गरीएका उक्त घरदैलोमा उम्मेदवार भण्डारीले हिन्दू राज्य स्थापनाका लागि राप्रपालाई मत दिन आग्रह गरे ।

चुनाव प्रचारप्रसार अभियानअन्तर्गत आजै फूलबारी, महेन्द्रपुल, रानीपौवाका साथै पोखरा महानगरपालिका–१७ का विभिन्न स्थानमा घरदैलो गरिएको छ । घरदैलोका क्रममा उम्मेदवार भण्डारीले राष्ट्रिय मुद्दासहित हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था, भष्ट्रचारमुक्त शासन व्यवस्थाका लागि पार्टीको चुनाव चिह्न गाईमा मतदान गर्न आग्रह गरे । पार्टीले प्रचार अभियानलाई तीव्रताका साथ अघि बढाउने जानकारी दिँदै प्रचारप्रसार समिति संयोजक सूर्य बाँस्तोलाले आइतबार पोखरा महानगरका विभिन्न वडामा घरदैलो कार्यक्रम गरिने जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप