शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मानव तस्करी गर्ने महिला पक्राउ

शनिबार, २३ कात्तिक २०७६, २० : ३९
शनिबार, २३ कात्तिक २०७६

भोजपुर । अवैध रुपमा नेपाली महिलालाई खाडी मुलुक पु¥याउन सक्रिय भोजपुरकी कल्पना राई पक्राउ परेकी छन् । दुई महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्ज हुँदै भारतको रुपैडिया पु¥याएको अवस्थामा भारतीय सुरक्षाकर्मीले राई पक्राउ गरेकी हुन् । भारतको सशस्त्र सीमा बल (एसएसबी)को ४२औँ वाहिनीमा तैनाथ एसआई सरिताका अनुसार बिहीबार सीमा नाका रुपैडिया प्रहरी र एसएसबीले संयुक्त सुरक्षा जाँच अभियानका क्रममा तीन नेपाली महिलामाथि शङ्का लागेर सोधपुछ गरेको थियो । 

उनीहरुको जवाफ चित्त नबुझेपछि एसएसबी क्याम्पमै ल्याएर थप सोधपुछ गर्दा दुई महिलाले खाडी मुलुक जान लागेको बताएको प्रहरीले जनाएको छ । उनीहरुले आफूसँगै रहेकी कल्पनामार्फत खाडी मुलुकमा रोजगारीका लागि जान लागेको जानकारी दिएपछि आवश्यक कारवाही प्रक्रिया थालिएको सुरक्षा अधिकारीको भनाइ छ ।

कल्पनाले खाडी मुलुक पठाउन आफूसँगै लगेका दुई महिलाको परिचय भने खुलाइएको छैन । कल्पनाको साथबाट एक लाख रियाल, पाँच हजार २५० दिनार, पाँच हजार ६ सय नेपाली रुपैयाँ, मोबाइल फोन र नेपाली नागरिकता बरामद भएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप