शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वराष्ट्रपति यादव र पूर्वप्रम नेपालको आरोप – चुरे संरक्षणमा सरकार गम्भीर भएन

शनिबार, २३ कात्तिक २०७६, १५ : ५२
शनिबार, २३ कात्तिक २०७६

जनकपुर । पूर्वराष्ट्रपति डा रामवरण यादव र पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल चुरे विनाश भइरहेको प्रति चिन्ता व्यक्त गर्दै सरकार चुरे संरक्षणमा गम्भीर नभएको आरोप लगाएका छन् । 

शनिवार जनकपुरमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति यादवले चुरे विनाश भइहेकै कारण देशभरी प्राकृति विपत्ति, मरुभूमिकरण बढिरहेको बताए । 

उनले राज्यस्तरबाट यसको संरक्षणमा ध्यान पुर्याउन नसकिएकाकै कारण चुरेको विनाश दिनानुदिन बढ्दै गइरहेको बताए । 

चुरेको विनाश हुने गरी निर्माण भइरहेको मदन भण्डारी राजमार्ग र बाराको निजगढ विमानस्थलको काम समेत रोक्नुपर्ने उनको भनाइ छ । 

पूर्वराष्ट्रपति यादवले रेल्वे लाइनको विस्तार पनि अध्ययन बिना गर्न नहुने बताए । 

त्यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा नेता माधव कुमार नेपालले चुरेसँग मधेशको भाग्य, सिंगो मुलुकको भविष्य  जोडिएकोले यसको संरक्षणका लागि राज्यले पहल गर्नु पर्ने बताए । 

उनले बाराको निजगढस्थित अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि तोकिएको स्थल परिवर्तन गरी सो स्थलभन्दा ३ किलोमिटर तल लग्नु पर्ने धारणा राखे । 

नेपालले चुरे संरक्षणप्रति राज्य अहिलेसम्म गम्भीर हुन नसकेको भन्दै चिन्तासमेत व्यक्त गरे । 

सिंगो चुरे क्षेत्र नेपालको अर्थतन्त्र माथि उकास्न महत्वपूर्ण रहेकोले चुरेको संरक्षणका लागि सम्पूर्ण क्षेत्रलाई जिम्मेबार हुन समेत पूर्वप्रधानमन्त्री नेपालले आग्रह गरे ।

नेपाल साहित्य उत्सवले आयोजन गरेको दोश्रो दिनको कार्यक्रममा यादव र पुनेपालले चुरे क्षेत्रबारे आआफ्ना विचार व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप