बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतीय सर्वोच्च अदालतको ‘अयोध्यासम्बन्धी फैसला’बाट सन्तुष्ट नरहेको मुद्दाको मुसलमान पक्षको भनाई

शनिबार, २३ कात्तिक २०७६, १५ : २१
शनिबार, २३ कात्तिक २०७६

एजेनसी । भारतको सर्वोच्च अदालतले बाबरी मस्जिद–राम जन्मभूमि विवादको केन्द्रमा रहेको जमिनलाई हिन्दू पक्षलाई दिने फैसला गरेको छ । 

मुस्लिम पक्षधर ‘सुन्नी वक्फ बोर्ड’ले आफूहरु फैसलामा सन्तुष्ट नरहेको बताएको छ । सर्वोच्चको फैसला पछि एक पत्रकार सम्मेलन गरेर सुन्नी वक्फ बोर्डका वकिल जफरयाब जिलानीले यसको जानकारी गराएका हुन् ।
तथापि देशको सर्वोच्च न्यायिक निकायबाट भएको फैसलालाई आफूहरुले सम्मान गर्ने जिलानीले बताए । 

जिलानीले भावी दिनमा फैसलामा रहेका त्रुटीविरुद्ध कस्तो कदम उठाउने भन्नेबारेमा छलफलमार्फत निर्णय लिने बताए । 

शनिबार भारतीय सर्वोच्च अदालतका पाँच न्यायाधीशको बेन्चले सर्वसम्मतीबाट अयोध्याको विवादित भूमिमाथिको मुस्लिम पक्षको दावी खारेज गर्दै हिन्दू पक्षलाई जमिन दिने निर्णय सुनाएको हो । 

अदालतले राम–जन्मभूमि न्यासलाई विवादको केन्द्रमा रहेको २.७७ एकड जमिनको हक दिएको छ । उता सुन्नी वक्फ बोर्डलाई अयोध्याभित्रै पाँच एकड जमीन दिइने पनि अदालतको फैसलामा उल्लेख छ ।

फैसलामा मन्दिर निर्माणका लागि केन्द्र सरकारलाई तीन महिनाभित्र ट्रष्ट बनाउन निर्देशन दिइएको छ । 

जिलानीले पत्रकार सम्मेलनमा भने ,‘अदालतको फैसला हाम्रो अपेक्षा अनुरुप सन्तोषजनक छैन । हामी यसमा सन्तुष्ट छैनौं । खास गरेर मस्जिद रहेको जमिन र नमाज पढिने गरेको भित्री प्राङ्गणको जमिन अर्को पक्षलाई दिइएको छ । हामी यसलाई न त्रुटी भन्न सक्छौं न न्याय नै मान्न सक्छौं । हामीहरु यस सम्बन्धमा आवश्यक कानुनी कदमबारे फैसलाको पूर्ण पाठ पढेपछि बताउनेछौं । ’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप