शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आयोध्या विवाद इतिहासकाे यो हो समय तालिका

शनिबार, २३ कात्तिक २०७६, १२ : ०७
शनिबार, २३ कात्तिक २०७६

एजेन्सी । भारतको सर्वोच्च अदालतको अयोध्याको विवादित बाबरी–रामजन्मभूमि प्रकरणमा ऐतिहासिक फैसला सुनाउँदै अयोध्याको विवादित २.७७ एकड जमिन हिन्दू पक्षलाई मन्दिर बनाउन दिने फैसला सुनाएको छ । 
शनिबार अदालतले केन्द्रीय सरकारलाई तीन महिनाभित्र ट्रष्ट बनाएर त्यसलाई कार्यान्वयन ल्याउन निर्देशन दिएको छ ।  
आयोध्या विवादको इतिहासको समयतालिका

सन् १५२८ : इतिहासकारका अनुसार बाबर इब्राहिम नामका शासक लोदीबाट लड्दै १५२६ मा भारत आए । बाबरका सुबेदार मीरबाकीले १५२८ मा अयोध्यामा मस्जिद बनाए । बाबरको सम्मानमा मस्जिदको नाम पनि बाबरी राखियो । 

सन् १८५३ : अवधको नवाब वाजिद अली शाहको समयमा पहिलो पटक अयोध्यामा साम्प्रदायिक हिंसा भडकियो । हिन्दू समुदायले विगतमा मन्दिर रहेको स्थानमा मस्जिद बनाएको आरोप लगायो 
सन् १९४९ : बाबरी मस्जिद रहेको स्थानमा मुनि रामललाको मूर्ति स्थापित गरियो । 

सन् १९५० : हिन्दू महासभाको वकील गोपाल विशारदले फैजाबाद जिल्ला अदालतमा मुद्दा दायर गरेर रामललाको मूर्तिको पूजाको अधिकार दिन माग गरियो । 

सन्  १९५९ : निर्मोही अखडाले विवादित स्थलमाथिको स्वामित्व दावी । 
सन् १९६१ : मस्जिद क्षेत्रमा मूर्ति स्थापित गर्ने कार्यविरुद्ध सुन्नी वक्फ बोर्ड(सेन्ट्रल)ले अदालतमा मुद्दा हाल्यो । उसले मस्जिद र त्यस वरपरीको जमीनमा आफ्नो हक दावी । 

सन् १९८१ : उत्तर प्रदेश सुन्नी सेन्ट्रल वक्फ बोर्डले जमीनको स्वामित्वको हकको लागि मुद्दा दायर ग¥यो । 

सन् १९८९ : इलाहाबाद उच्च अदालतले विवादित स्थलमा यथास्थिति कायम राख्न भन्यो । 

सन् १९९२ : हिन्दू अराजकतावादीले अयोध्याको मस्जिद ध्वस्त बनायो
सन् २००२ : इलाहाबाद उच्च अदालतमा बाबरी मस्जिदको स्वामित्वलाई लिएर सुनुवई सुरु । 

सन् २०१० : इलाहाबाद उच्च अदालतले विवादित स्थलमा सुन्नी, वक्फ बोर्ड, निर्मोही अखडा र रामललाबीच तीन हिस्सामा बराबरी बाडिदियो । 
सन् २०११ : सर्वोच्च अदालतले इलाहाबाद उच्च–अदालतको फैसला कार्यन्वयनमा रोक लगायो ।

सन् २०१८ : सर्वाेच्च अदालतले अयोध्या विवादलाई लिएर दायर विभिन्न मुद्दामा सुनुवाई सुरु ग¥यो । 

सन् २०१९ अगस्ट ६ : सर्वोच्च अदालतको संवैधानिक बेन्चले इलाहाबाद उच्च अदालतको फैसलाको सुनुवाईमा दायर हिन्दू र मुस्लिम पक्षको अपिलको सुनुवाई सुरु ग¥यो । 

सन् २०१९ अक्टोबर १६ : सर्वोच्च अदालतमा अयोध्या मामिलामा सुनुवाई पुरा, । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप