शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सैफले जेठी श्रीमती अमृताको तारिफ गर्दै भने, ‘उनी एक्ली व्यक्ति थिइन् जसले कामलाई गम्भीरतापूर्वक लिन सिकाइन्’

शनिबार, २३ कात्तिक २०७६, ११ : ५९
शनिबार, २३ कात्तिक २०७६

सैफ अली खानले एक अन्तर्वार्तामा आफ्नी जेठी श्रीमती अमृता सिंहको असाध्यै तारिफ गरेका छने । उनलाई अमृताले नै कामलाई गम्भीरतापूर्वक लिन सिकाएको बताएका छन् । वास्तवमा, उनी अन्तर्वार्तामा आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनबारे कुरा गरिरहेका थिए ।

अमृताले सैफलाई दिइन् यो सल्लाहः

सैफले अन्तर्वार्तामा भने, ‘म घरबाट भागेको थिएँ र २० वर्षको उमेरमा विवाह गरेको थिएँ । म अमृता (सिंह) मेरी जेठी श्रीमतीलाई यो कुराको श्रेय दिन्छु किनभने उनी एक्ली यस्ती व्यक्ति थिइन् जसले यी सबै (काम, शो, बिजनेस) लाई गम्भीरतापूर्वक लिन सिकाइन् । उनले मलाई ‘यदि लक्ष्यमाथि हाँस्छौ भने कहिले पनि त्यो पाउन सक्दैनौ’ भनेकी थिइन् । त्यसपछि मैले ‘परम्परा’ (डेब्यू फिल्म) पाएँ ।’

यश चोपडाको निर्देशनमा बनेको यो फिल्म सन् १९९४ मा रिलिज भएको थियो । फिल्ममा सुनिल दत्त, विनोद खन्ना, आमिर खान र रबिना टन्डनको पनि महत्वपूर्ण भूमिका थियो ।

अमृताको सल्लाह थियो आफूमाथि विश्वास राखः

सैफले बताए अनुसार जब उनले फरहान अख्तरको निर्देशनमा बनेको फिल्म ‘दिल चाहता हे’ पाए, तब उनी आफ्नो भूमिकाका लागि अल्मलमा थिए । उक्त भूमिका कसरी निभाउने उनले बुझिरहेका थिएनन् । त्यतिबेला अमृताले उनलाई आफूमाथि विश्वास गर्न सल्लाह दिएकी थिइन् ।

सैफका अनुसार उनले आफ्नो वरिपरिका लगभग सबैलाई फिल्ममा समिरको भूमिका कसरी निभाउने भनेर सोधिरहन्थे । यहाँसम्म कि उनलाई आमिर खानले पनि सल्लाह दिएका थिए । यद्यपि, अमृताले उनलाई यसबारे किन सबैलाई सोधिरहेको भनेर प्रश्न गरिन् । आफ्नै तरिकाले समिरको भूमिका निभाउनुपर्ने उनले सल्लाह दिइन् । उनले अमृताको सल्लाह माने र समिर आधुनिक सिनेमाका सबैभन्दा मनपराइएका भूमिकामध्ये एक बने ।

सन् २००४ मा अमृतासँग सम्बन्धविच्छेदः

सेफले सन् १९९१ मा १२ वर्ष जेठी अमृता सिंहसँग विवाह गरेका थिए । यी दुईका दुई सन्तान सारा अली खान र इब्राहिम अली खान छन् । सन् २००४ मा उनीहरुको सम्बन्धविच्छेद भयो । सन् २०१२ मा सैफले आफूभन्दा १० वर्ष कान्छी करिना कपुरसँग विवाह गरे । दुबैका एक छोरा (तैमुर अली खान) छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप