शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अयोध्या फैसलाः भारतका कयैन् स्थानमा सुरक्षा व्यवस्था कडा बनाइयो, मोदीद्वारा शान्तिको अपील

शनिबार, २३ कात्तिक २०७६, १० : ५४
शनिबार, २३ कात्तिक २०७६

एजेन्सी । भारतको सर्वोच्च अदालतका ५ न्यायाधीशको संवैधानिक बेन्चले शनिबार अयोध्या विवादमा आफ्नो फैसला सुनाउनेछ । समाचार एजेन्सीहरुका अनुसार मुख्य न्यायाधिश रन्जन गोगोईको अध्यक्षतामा रहने बेन्चले भारतीय समय अनुसार विहान १०ः३० मा फैसला सुनाउन लागेको हो । 

यो मुद्दामा अगस्ट ६ देखि अक्टोबर १६ सम्म ४० दिनसम्म हिन्दू–मुसलमान पक्षधरले सुनुवाई गरेको थियो । त्यही सुनुवाईको आधारमा बेन्चको फैसला सुरक्षित राखिएको थियो । 

फैसलालाई मध्येनजर गरेर अयोध्याको सुरुक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ । त्यहाँ धारा १४४ लागू गरिएको छ । 

त्यस्तै अयोध्यामा रहेका राज्य उत्तर प्रदेशमा ३ दिनसम्म स्कूल–कलेज बन्द रहनेछ । उत्तर प्रदेश मात्र होइन मुसलमान समुदायको उलेख्य उपस्थिति रहेका अन्य प्रदेशहरुमा पनि सुरक्षा व्यवस्था कडा राखिएको छ  
मध्य–प्रदेशमा पनि शनिबार स्कुल कलेज बन्द रहनेछ । 

त्यस्तै कर्नाटक, जम्मू–कश्मीर, राजस्थान र दिल्लीमा पनि शनिबार स्कूल बन्द रहनेछ । 

उत्तर प्रदेशको अलिगढ र मुजफ्फरनगर, राजस्थानको भरतपुर, जयपुर संभागमा शनिबार इन्टरनेट समेत बन्द गरिएको छ । 

गोवा, उत्तर प्रदेश र जम्मू–कश्मीरमा धारा १४४ लागू गरिएको छ । बेंगलुरीमा विहान सात बजेदेखि राती १२ बजेसम्म धारा १४४ लागू रहनेछ । 

मोदीद्वारा शान्तीको अपील :

मोदीले अयोध्यासम्बन्धमा जे सर्वोच्च अदालतले जे फैसला गरे पनि सबैले स्वीकारिनुपर्ने बताएका छन् । 

मोदीले उनको ट्वीटमा लेखेका छन् ,‘ देशको न्यायपालिकाको मान–सम्मानालाई सर्वोपरी राख्दै समाजका सबै पक्षले हिजोको दिनमा सौहार्दपूर्ण र सकारात्मक वातावरण बनाउनको लागि जुन प्रयास गरे, त्यो स्वागत योग्य छ । अदालतको निर्णयपछि पनि हामीले सौहार्दपूर्ण अवस्था कायम राख्नुपर्छ । ’

इलाहाबाद उच्च–अदालतले विवादित जमीनलाई ३ हिस्सामा बाडेको थियोः 
सन् २०१० मा इलाहाबाद उच्च–अदालतले अयोध्यासम्बन्धमा फैसलामा गरेको थियो । त्यसमा अदालतले अयोध्याको २.७७ एकड क्षेत्र तीन हिस्सामा बराबरी बाढ्यो । 

फैसलामा एक हिस्सा सुन्नी वक्फ बोर्ड, अर्को निर्मोही अखडा र तेस्रो रामलला विराजमानलाइ दिइएको थियो । उक्त फैसलाबाट असन्तुष्टहरु सर्वोच्च अदालतमा १४ वटा उजुरी दिएका थिए । 

को–को छन् कानुनी बेन्चमा 
अयोध्या मामिलामा सुनुवाई गरिरहेको कानुनी बेन्चको अध्यक्षता स्वयम भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधिश रन्जन गोगोईले गरिरहेका छन् । उनका अतिरिक्त बेन्चमा एसए बोबोडे, डीबाई चन्द्र मचुड, आशेक भूषण र अब्दुल नजीर छन् । 

आयोध्या विवादको इतिहासको समयतालिका
सन् १५२८ : इतिहासकारका अनुसार बाबर इब्राहिम नामका शासक लोदीबाट लड्दै १५२६ मा भारत आए । बाबरका सुबेदार मीरबाकीले १५२८ मा अयोध्यामा मस्जिद बनाए । बाबरको सम्मानमा मस्जिदको नाम पनि बाबरी राखियो । 

सन् १८५३ : अवधको नवाब वाजिद अली शाहको समयमा पहिलो पटक अयोध्यामा साम्प्रदायिक हिंसा भडकियो । हिन्दू समुदायले विगतमा मन्दिर रहेको स्थानमा मस्जिद बनाएको आरोप लगायो 
सन् १९४९ : बाबरी मस्जिद रहेको स्थानमा मुनि रामललाको मूर्ति स्थापित गरियो । 


सन् १९५० : हिन्दू महासभाको वकील गोपाल विशारदले फैजाबाद जिल्ला अदालतमा मुद्दा दायर गरेर रामललाको मूर्तिको पूजाको अधिकार दिन माग गरियो । 

सन्  १९५९ : निर्मोही अखडाले विवादित स्थलमाथिको स्वामित्व दावी । 
सन् १९६१ : मस्जिद क्षेत्रमा मूर्ति स्थापित गर्ने कार्यविरुद्ध सुन्नी वक्फ बोर्ड(सेन्ट्रल)ले अदालतमा मुद्दा हाल्यो । उसले मस्जिद र त्यस वरपरीको जमीनमा आफ्नो हक दावी । 

सन् १९८१ : उत्तर प्रदेश सुन्नी सेन्ट्रल वक्फ बोर्डले जमीनको स्वामित्वको हकको लागि मुद्दा दायर ग¥यो । 

सन् १९८९ : इलाहाबाद उच्च अदालतले विवादित स्थलमा यथास्थिति कायम राख्न भन्यो । 

सन् १९९२ : हिन्दू अराजकतावादीले अयोध्याको मस्जिद ध्वस्त बनायो
सन् २००२ : इलाहाबाद उच्च अदालतमा बाबरी मस्जिदको स्वामित्वलाई लिएर सुनुवई सुरु । 

सन् २०१० : इलाहाबाद उच्च अदालतले विवादित स्थलमा सुन्नी, वक्फ बोर्ड, निर्मोही अखडा र रामललाबीच तीन हिस्सामा बराबरी बाडिदियो । 
सन् २०११ : सर्वोच्च अदालतले इलाहाबाद उच्च–अदालतको फैसला कार्यन्वयनमा रोक लगायो ।

सन् २०१८ : सर्वाेच्च अदालतले अयोध्या विवादलाई लिएर दायर विभिन्न मुद्दामा सुनुवाई सुरु ग¥यो । 

सन् २०१९ अगस्ट ६ : सर्वोच्च अदालतको संवैधानिक बेन्चले इलाहाबाद उच्च अदालतको फैसलाको सुनुवाईमा दायर हिन्दू र मुस्लिम पक्षको अपिलको सुनुवाई सुरु ग¥यो । 

सन् २०१९ अक्टोबर १६ : सर्वोच्च अदालतमा अयोध्या मामिलामा सुनुवाई पुरा, । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप