बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अवान्छित क्रियाकलाप रोक्न चितवन प्रहरी सफल

शनिबार, २३ कात्तिक २०७६, १० : ४४
शनिबार, २३ कात्तिक २०७६

भरतपुर । दसैं तिहार र छठ जस्ता चाडपर्वमा शान्ति सुरक्षा कायम राख्न चितवन प्रहरी सफल भएको छ । विगतका बर्ष भन्दा यो पटकको चाडपर्वमा प्रहरीको सुरक्षा योजना प्रभावकारी भएसगैँ शान्ति सुरक्षा कायम राख्न चितवन प्रहरी सफल भएको हो  । 

जसका कारण जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर मल्लको ‘अप्रेशन क्लिन चितवन अभियान’ अन्र्तगत सञ्चालित चाडवार्ड लक्षित योजना प्रभावकारी देखिएको छ । 

‘विगतमा समयको यही मौकामा चोरी, लुटपाट, कालोबजारी, कुटपिट, पाकेटमारी, जुवातास, अवैध मदिरा बिक्री–वितरण, आगजनी, विस्फोटन, तस्करी, चोरी–निकासी, ट्राफिक दुर्घटना, ठगी, ट्राफिक नियम उल्लंघनजस्ता घटना अत्यधिक हुने गर्थे,’ एसपी मल्लले भने, ‘तर यो पटक कुनै अप्रिय घटना भएन जसले चितवन प्रहरीलाई सफल बनाएको छ ।’

जिल्लाको सुरक्षा समितिको बैठकले समेत प्रहरी प्रमुख मल्लको टिमकै कारण यस बर्ष चितवनमा अप्रिय घटना हुन नदिई शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका खेलेकोमा प्रशंसा र धन्यवाद ज्ञापन समेत दिएको चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताए । 

‘सुरक्षा निकायका हरेक योजनाको प्रभावकारिता जनताको साझेदारीकै कारण हामी सफल भएको हौँ,’ उनले भने, ‘अवान्छित क्रियाकलाप रोक्न चितवन प्रहरीले यस पक्षमा पनि ध्यान दिएको देखिएको छ, जसलाई सराहनीय मान्नुपर्दछ ।’

बस्नेतका अनुसार चितवनमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन, विद्यार्थी, अभिभावक, विद्यालय सम्पर्क कार्यक्रम, स्थानीय तहसँग समन्वय र सहकार्य, सडक मानवमुक्त महानगर अभियान सञ्चालनले नै यो योजनालाई सफल बनाएको हो । 

यति मात्रै नभई जिल्लाको बिभिन्न ठाउँहरूमा क्रस चेक प्वाईन्ट, ज्वाईन्ट पट्रोल, मापसे चेकिङ पनि सफलताको कडी भएको एसपी मल्लको भनाइ थियो । यस्तै चितवन प्रहरीले ८६ जना जुवाडेलाई पक्राउ गरि १२ लाख रुपैयाँ बढी नगद समेत बरामद गरेको छ ।

चाडपर्वको ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ८ सय ५० वटा सवारीलाई कार्वाही गरि २२ लाख राजश्व समेत संकलन चितवन प्रहरीले गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप