मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

बार्सिलोनालाई पछि पार्दै सोसियडाड शीर्ष स्थानमा

शनिबार, २३ कात्तिक २०७६, १० : ३६
शनिबार, २३ कात्तिक २०७६

रियल सोसियडाड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । सुक्रबार राति भएको खेलमा रेलिगेसन टोली लेनागेससँग १–१ गोलको बराबरी खेल्दै  सोसियडाडले शीर्ष स्थान कब्जा गरेको हो । 

रियलले बार्सिलोनालाई एक अंकले पछि पारेको छ । सोसियडाडका लागि माइकल मेरिनोले ६३औ मिनेटमा गोल गरेका थिए । त्यसपछि लेगानेसका युसुफ इन नेसरीले ७८औ मिनेटमा बराबरी गोल गरेका थिए । 

बराबरीसँगै सोसियडाडले १३ खेलबाट २३ अंक बनाएको छ । ११ खेल सक्दै दोस्रो स्थानमा रहेको बार्सिलोनाको २२ अंक छ । तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको पनि २२ अंक छ । सोसियडाडलाई बराबरीमा रोकेको लेगानेस ६ अंक सहित तालिकाको अन्तिममा छ । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप