शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनकपुरको सडकमा बनाइएको नवनिर्मित वडा कार्यालय भत्काइयो

शनिबार, २३ कात्तिक २०७६, १० : २७
शनिबार, २३ कात्तिक २०७६

सडकमै निर्माण गरिएको जनकपुरधाम उपमहानगरपालिका–२१ को वडा कार्यालय भत्काइएको छ ।

सडक डिभिजन कार्यालय जनकपुरले शुक्रबार प्रहरी(प्रशासन तथा स्थानीयको सहयोगमा वडा कार्यालय भत्काएको हो ।

सडक निर्माणको क्रममा सामुदायिक विद्यालय भत्काई सडकमै वडा कार्यालय निर्माण गरेपछि वडा अध्यक्ष  रामेश्वर महासेठ र जनकपुर उपमहानगरका मेयर लालकिशोर साहको विरुद्धमा स्थानीयवासीले पटक–पटक आन्दोलन गर्दै आएका थिए । 

सडक अतिक्रमण गरेर निर्माण गरेका घर टहराहरु हटाउन सडक डिभिजन कार्यालयले प्रहरी प्रशासन र डोजरसहितको दलबल लिएर कुर्था पुगेका थिए । 

तर स्थानीयवासीले सडकमा निर्माण गरिएको वडा कार्यालय नभत्काएसम्म निर्माण कार्य नै अवरुद्ध गरेपछि सो वडा कार्यालय पूर्णरुपले भत्काइएको स्थानीय युवा शम्भु झा निर्दोषिले जनाए । 

निर्माणाधीन जनकपुर–लोहारपट्टी सडकखण्डमै पर्ने वडा कार्यालय बचाउन करिब डेढ वर्ष अघि वडाध्यक्ष रामेश्वर महासेठको संलग्नतामा सडकको दक्षिणपट्टि रहेको राजर्षि जनक माध्यमिक विद्यालयको भवन तथा पर्खाल भत्काएको थियो । 

त्यसै बेलादेखि वडाध्यक्ष महासेठ र मेयर साहको बिरोधले उग्ररूप लिदै गएको थियो । जसले गर्दा स्थानियवासि र जनप्रतिनिधि बिच विवाद चल्दै आएको थियो । 

विद्यालयको कक्षा कोठा र पर्खाल भत्काएपछि विद्यार्थीले सडकमै समेत पढेर विरोध गर्दै आएका थिए ।

सडक निर्माणको क्रममा बाधा अवरोध झेल्दै आएका सडक डिभिजनले स्थानीयवासीको मागलाई सम्बोधन हुने गरि  दवावमा वडा कार्यालय भत्काएको जनाएको छ ।

वडा कार्यालय पूर्ववडाध्यक्ष पक्ष र स्थानीयवासी तथा सरोकारवाला पक्षबीच सम्झौता भएपछि भत्काइएको हो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप