शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गायक विष्णु खत्रीको नयाँ गीत ‘झरनाको पानी’

शनिबार, २३ कात्तिक २०७६, ०९ : ५७
शनिबार, २३ कात्तिक २०७६

लोक तथा दोहोरी गायक विष्णु खत्रीको नयाँ गीत ‘झरनाको पानी’ बजारमा आएको छ । आफनै युट्युव च्यानलमार्फत उक्त गीत उनले रिलिज गरेको केहि घण्टामै आम श्रोता दर्शकको उल्लेख्य माया पाएको छ । 

गायक खत्रीले बजारमा ल्याएका सबैजसो गीतमा आफ्नै शव्द र लय सिर्जना रहनेगर्छ । यस गीतमा पनि यसको निरन्तरता रहेको छ ।

गीतमा बहुचर्चित लोक तथा दोहोरी गायक विष्णु खत्री र मिना लामाको सुमधुर आवाज छ । माया प्रेमको कथावस्तु समेटेर तयार पारिएको गीतको शव्द पनि निकै मर्मस्पर्शी छ । 

झरनाको पानी कलकल बग्यो कञ्चन
हाम्रो जस्तो जोडी यहाँ, कोहीको छैन भन्छन्...

चर्चित निर्देशक शिव विकको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा मोडल आयुष रिजाल र अनु शाहको दम्दार अभिनय छ । यस म्युजिक भिडियो गायक खत्रीले शुक्रबार आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका थिए ।

गीतको पूरा म्युजिक भिडियो तलको लिङ्कमा हेर्न सक्नुहुनेछः

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप