बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

चर्चित ब्यान्ड १९७४ एडीले कुटुम्बसँग मिलेर कीर्तिपुर तताउँदै

शनिबार, २३ कात्तिक २०७६, ०९ : १६
शनिबार, २३ कात्तिक २०७६

नेपालको चर्चित ब्यान्ड १९७४ एडीले कुटुम्बसँग मिलेर शनिबार कीर्तिपुरमा कन्सर्ट गर्न लागेको छ । कृति इभेन्ट्स एण्ड प्रा.लिको आयोजनामा उक्त कन्सर्ट हुन लागेको हो ।

ब्यान्डले शुक्रबार बेलुकी काठमाडौंमा एक कार्यक्रम आयोजना गरी आफ्नो नयाँ एल्बम सार्वजनिक पनि गरेको छ । 

कीर्तिपुरको खेल मैदानमा हुन लागेको उक्त कन्सर्टमा रोहित क्षेत्री एण्ड द ब्यान्डको ओपनिङ एक्ट हुनेछ ।

कन्सर्टका लागि दिउँसो ३ बजेदेखि मैदान खुल्ला राखिने बताइएको छ । कन्सर्टको टिकटको मूल्य तीन सय रुपैयाँ तोकिएको छ भने त्यसै दिन गेटमा टिकट खरिद गर्दा पाँच सय रुपैयाँ लाग्ने छ ।

कन्सर्टलाई मुख्य प्रायोजन टुबोर्गले गरेको छ भने दराज डटकमले सह–प्रायोजन गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप