शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिमियर लिगमा वाटफोर्डको पहिलो जित

शनिबार, २३ कात्तिक २०७६, ०८ : ३४
शनिबार, २३ कात्तिक २०७६

रेलिगेसनको मारमा रहेको वाटफोर्डले इङ्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा वाटफोर्डले नर्विच सिटीलाई उसकै मैदानमा २–० गोलले हरायो ।

वाटफोर्डको जितमा जेरार्ड डेउलोफेउले खेलको दोस्रो मिनेटमै सुरुवाती गोल गरे । ५२औं मिनेटमा आन्द्रे ग्रेले गोल गर्दै वाटफोर्डको अग्रता दोब्बर बनाएका थिए । त्यसपटि वाटफोर्ड १० खेलाडीमा समेटिएर पनि अग्रता जोगायो । ६५औं मिनेटमा क्रिस्टियन कावासेले दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । नर्विचले वाटफेर्डको कमजोरीमा फाइदा उठाउन सकेन ।

यस जितसँगै १२ खेलबाट आठ अंक बनाएको वाटफोर्ड १८औं स्थानमा छ । वाटफोर्डे अझै रेलिगेसन छल्न सकेको छैन । सात अंक बनाएको नर्विच पनि तालिकाको अन्तिममा छ । शीर्ष स्थानमा रहेको लिभरपुलले ११ खेलबाट ३१ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २५ तथा तेस्रो र चौचो स्थानमा रहेको लेस्टर सिटी र चेल्सीको समान २३ अंक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप