शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहकै दिन मनपर्ने सुपरस्टारको फिल्म रिलिज हुने थाहा पाएपछि यी दुलहाले यतिसम्म गरे

शनिबार, २३ कात्तिक २०७६, ०८ : ०१
शनिबार, २३ कात्तिक २०७६

सुपरस्टार मामुट्टीले आफ्नो फिल्ममार्फत् दक्षिणी सिनेमामा निकै नाम कमाएका छन् । उनको फिल्मको क्रेज अत्यधिक देख्न पाइन्छ । मामुट्टीको फिल्म हेर्नका लागि प्रशंसकले आफ्नो विवाहको मिति नै परिवर्तन गरेको खुलासा भएको छ । वास्तवमा मामुट्टीका यी प्रशंसकले उनको फिल्म जहिले पनि पहिलो दिनको पहिलो शोमा हेर्ने गर्दथे । र यसपटक पनि यसो गर्न उनले आफ्नो विवाहको मिति नै परिवर्तन गरेका छन् ।

भारतीय मिडिया रिपोर्टले दाबी गरे अनुसार जब केरलका मेमन नामका एक प्रशंसकलाई उनलाई मनपर्ने स्टार मामुट्टीको नयाँ फिल्म ममंगम आफ्नो विवाहको दिन अर्थात् २१ नोभेम्बरमा रिलिज हुँदै छ भनेर थाहा भयो तब उनले विवाहको मिति अघि सारेर अक्टोबर ३० मा विवाह गरे र आफ्नी नयाँ दुलहीसँग मामुट्टीको फिल्म हेर्न गए ।

स्मरण रहोस्, मामुट्टीको फिल्म ममंगम यसै महिना २१ तारिखमा मलयालम, तमिल, तेलुगू र हिन्दीमा रिलिज हुने निश्चित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप