शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तालिमको नाममा उच्च कर्मचारीको विदेशमा मस्ती : बहाना कार्यक्रम, उद्देश्य घुमघाम

शनिबार, २३ कात्तिक २०७६, ०७ : ५३
शनिबार, २३ कात्तिक २०७६

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका कर्मचारी प्राविधिक तालिमको नामा विदेश घुमघाममा मस्त रहेको पाइएको छ । 

मास स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने मेसिन चलाउने तालिमको नाममा सम्बन्धित फाँटभन्दा फरक र मन्त्रालयका उच्च तहका कर्मचारी नै विदेश भ्रमणको चाजो मिलाएर घुमघामा व्यस्त रहेको पाइएको हो  ।

लाइसेन्स प्रिन्ट गर्ने मेसिन चलाउने तालिममा प्राविधिक जानुपर्नेमा मन्त्रीका पिए,  मन्त्रालयका असम्बन्धित फाँटका उच्च तहका कर्मचारी आफै गएका हुन् ।

 स्रोतका अनुसार मन्त्रालयका प्रवक्तासमेत रहेका प्रशासन महाशाखाका सहसचिव राजेश्वर ज्ञवाली र यातायात व्यवस्था  विभागका महानिर्देशक गोगनबहादुर हमाललगायतका उच्च अधिकारी विदेश भ्रमणमा रहेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप