शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सोमबार दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री हुने

शुक्रबार, २२ कात्तिक २०७६, २२ : २१
शुक्रबार, २२ कात्तिक २०७६

काठमाडौं- नेपाल राष्ट्र बैंकले रु दुई अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आज एक सूचना जारी गरेर यही कात्तिक २५ गते सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्ने जानकारी दिएको हो ।
 
बैंकका अनुसार कूल ९१ दिने अवधिको रु १० करोड र १८२ दिने अवधिको रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । कूल ९१ दिने अवधिको ट्रेजरी बिल आगामी माघ २८ गते परिपक्व हुनेछ भने १८२ दिने अवधिको बिल आगामी वैशाख ३० गते परिपक्व हुनेछ । बैंकले यसअघि यही कात्तिक १८ गते रु एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप