केन्द्रीय संस्करण

दाङको घोराहीमा एक सय ३२ केभीको सवस्टेशन निर्माण

person explore access_timeकात्तिक २२, २०७६ chat_bubble_outline0

बुटवल – दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ३ झिङनीमा १ सय ३२ केभीको विद्युत सवस्टेशन निर्माण भएको छ । निर्माण भएको उक्त सवस्टेशनको शुक्रबार उर्जा जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले उद्घाटन गर्दे विद्युत उत्पदानमा यस्ता परियोजनलो ठुलो राहत दिने बताए । 

उनले नेपालमा विद्युतको सहित उत्पदान र सदुपयोग गर्नको लागी  सरकारले बिषेश योजना बनाए काम गरेको बताए । उक्त सवस्टेशनको पहिलो फिडरबाट घोराहीको सवस्टेशन र होलेरी सवस्टेशनमा विद्युत दिइने छ । त्यस्तै दोस्रो फिडरबाट घोराही सिमेन्ट उद्योग र तेस्रो फिडरबाट तुलसीपुर र सोनापुर सिमेन्ट उद्योगमा विद्युत दिइने विद्युत प्राधिकरणका निर्देशक दुर्गानाथ बडियैतले जानकारी दिए ।

यस विद्युत सवस्टेशन निर्माण भएपछि दाङमा औद्योगिक विकासका लागि ढोका खोलेको प्राधिकरणको दावी छ । अब दाङमा भोल्टेज कम हुने छैन भने विद्युत चुहावट रोकिने छ । अर्को तर्फ उद्योग सञ्चालनमा अप्ठेरो नपर्ने प्राधिकरणले जनाएको छ । 

यस सब स्टेशनले सैघा, स्यूजा र बंगलाचुली गाउँपालिकाका भेगमा गुणस्तरीय विद्युत प्रवाह हुने छ । ४२ करोड ३७ लाख २८ हजार रुपैयाँको लागतमा निर्माण सवस्टेशनबाट प्रवाह हुने विद्युतले ४० हजार घरधुरी लाभान्वीत हुने निर्देशक बडियैतले जानकारी दिए ।

विद्युत निमार्ण भएपछि दाङमा उद्योगीहरु उत्साहित बनेका छन् । माग अनुसार विद्युत नहँुदा उद्योगीहरुले चाहे जसरी  उत्पादन गर्न नसेका थिएनन् । यता सर्वासाधरण उपभोत्ता पनि उत्साहित बनेका छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...