शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, अर्का घाइते

शुक्रबार, २२ कात्तिक २०७६, १६ : ०५
शुक्रबार, २२ कात्तिक २०७६

काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६, पसाहामा शुक्रबार बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

बिहान पौने ७ बजे ना६ख ७०६७ नम्बरको ट्रकले बा८८प ४८५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । 

घाइतेलाई भने उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।  ठक्कर दिने ट्रकसहित चालकलाई प्रहरी चौकी पथलैयाले नियन्त्रणमा लिएको छ ।

धादिङमा ट्रकको ठक्करबाट पैदलयात्री घाइते
यसैबीच, धादिङको थाक्रे गाउँपालिका–७ सातकिलोमा शुक्रबार ट्रकको ठक्करबाट पैदलयात्री घाइते भएका छन् ।

काठमाडौंबाट पोखरा जाँदै गरेको भारतीय नम्बरको ट्रकले रौटहटको चपुरका २० वर्षीय सुरेन्द्र थापालाई बिहान पौने ८ बजे ठक्कर दिएको थियो ।

घाइते थापालाई उपचारको लागि काठमाडौं ल्याइएको छ । ठक्कर दिने ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप