शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा लागुऔषधसहित २ जना पक्राउ

शुक्रबार, २२ कात्तिक २०७६, १४ : ४८
शुक्रबार, २२ कात्तिक २०७६

बुटवल– रुपन्देहीको सैनामैना नगरपालिकाबाट अवैध लागुऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत कात्तिक २० गते सैनामैना ६ कलौनीबाट ६२४ मिलिग्राम ब्राउन सुगर नामक लागुऔषध सहित २ जना पक्राउ गरि आज सार्वजनिक गरिएको हो । 

पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा न ५ बस्ने वर्ष ३० का रमेश हमाल र वडा न ६ बस्ने वर्ष ३५ का अशोक परियार रहेका छन् । पक्राउ पर्ने दुवैलाई लागूऔषधसम्बन्धी मुद्धा दर्ता गरि कानुनी कार्वाही अघि बढाउने इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक रविनराज मैनालीले जानकारी दिए ।

यता,रुपन्देहीको ओमसतिया गाउँपालिकाको ठुटीपिपलमा मापसे चेकिङ्गमा खटिएका प्रहरीलाई घुस दिने खोज्ने व्यक्रि पक्राउ परेका छन् ।  सडकमा मोटरसाईकल चेकजाँच गर्ने क्रममा बुटवल १५ का नारायण भुषाल र ओमसतिया गाउँपालिका बाड नम्बर १ बस्ने २८ वर्षीय मनिष चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

उनीहरुले प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोजेका थिए । उनीहरुलाई (मुलुकी अपराध संहिता ऐन ) २०७४ को फौजदारी कसुर अन्तर्गत परिच्छेद ५ को दफा ११८ को उपदफा १ विपरित कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप