शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आँचलको प्रेम र रोमान्सका कुरामा लट्ठिए पुष्प

शुक्रबार, २२ कात्तिक २०७६, १३ : १०
शुक्रबार, २२ कात्तिक २०७६

काठमाडौँ । पछिल्लो समय दर्शकको रोजाइमा परेकी अभिनेत्री आँचल शर्मा म्युजिक भिडियोमा समेत धेरै देखिने गर्दछिन् । उनै आँचल अभिनित ‘भन भन’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोको उनको अभिनेता पुष्प खड्कासँग रोमान्स देख्न सकिन्छ । 

गम्भिर विष्टको कोरियोग्राफी रहेको भिडियोमा आँचल र पुष्पलाई वैँशालु प्रेम जोडी रुपमा देखाइएको छ ।  गायक रविन बर्तौलाले बजारमा ल्याउको यो गीतमा उनलाई गायिका बिन्दु परियारले स्वरमा साथ दिएकी छन् ।

गीतकार तथा संगीतकार एकनारायण भण्डारीको शब्द रहेको गीतमा संगीत र एरेन्ज आशिष अविरलको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप