लरीमा फेला परेका ३९ भियतनामीको शव सनाखत
शुक्रबार, २२ कात्तिक २०७६, १२ : ३६
एजेन्सी । बेलायतमा एउटा लरीभित्र फेला परेको ३९ भियतनामी नागरिकको शव सनाखत भएको छ ।
सो घटनाको अनुसन्धान गरिरहेको एसेक्स प्रहरीका अनुसार भियतनामी प्रहरीसँगको समन्वयमा ती शव सनाखत गरिएको हो । मृतकमध्ये ३१ पुरुष र ८ महिला छन् ।
मृतक भियतनामको हाइफोङ्ग, हाइ डोङ्ग, न्घे अन, हा तिन्ह, क्वाङ्ग बिन्ह र हुयेका निवासी हुन् ।
केही समयअघि एउटा फ्रिजयुक्त लरीमा उनीहरुको शव फेला परेको थियो ।