बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बागलुङका बागी उम्मेदवार शेरमान भन्छन्, ‘पार्टीले ग्राउन्ड लेभलका नेतालाई चिनेन’

‘संघीयताकै विरोध गर्नेसँग तालमेल गर्ने ?’
शुक्रबार, २२ कात्तिक २०७६, ११ : ४५
शुक्रबार, २२ कात्तिक २०७६

पोखरा । आगामी मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा बागलुङबाट बागी उम्मेदवारी दर्ता गराएका नेकपा निकटका शेरमान घर्तीमगरले पार्टीले ग्राउन्ड लेबलका नेताहरुलाई नचिनेको कारण बागी उम्मेदवारी दिएको बताएका छन् । सत्तारुढ नेकपाले बागलुङ २ (ख) मा नेकपाले राजमोका खिमविक्रम शाहीलाई सघाउने भएपछि उनले बागी उम्मेदवारी दर्ता गराएका हुन् ।

‘तालमेल नगरे पनि चुनाव जित्छौँ भनेर जिल्लादेखि केन्द्र स्तरका नेतालाई पटक–पटक भन्यौँ,’ उनले भने, ‘तर, उहाँहरुले के गर्नुभयो भने संघीयताको विरोध गर्ने, अखण्ड बागलुङ भन्ने, २५ सय ३ हजार भोट नआउँनेसंग तालमेल गर्ने, वर्षौदेखि राजनीति गर्दै आएको कार्यकर्तालाई अवहेलना गरियो ।’ आफूलाई बागी उम्मेदवारी दर्ता गराउनका लागि स्थानीयदेखि नेकपाभित्रका कार्यकताको पनि सहयोग रहेको उनले उल्लेख गरे ।

यद्यपि, घर्ती नेकपाका समर्थक भए पनि पार्टी भित्रको कुनै जिम्मेवार निकायमा भने छैनन् । ‘साथीहरुले त उम्मेदवार बन्ने कि नबन्ने भन्ने कुरा आयो । कुरा आइसकेपछि, तपाईंहरुको समर्थन भए म चुनावमा उठ्छु भनेर बागी उम्मेदवारी दर्ता गराएँ,’ उनले भने ।

शेरमान तत्कालीन माओवादीका जिल्ला कमिटी सदस्य थिए । शेरमान पार्टी एकिकणपछि पार्टीसँग असन्तुष्ट थिए । उनकै भाषामा भन्ने हो भने पार्टीले उनको आवाजलाई सुनेको थिएन ।

तत्कालीन माओवादीका दधिराम शर्माको प्रस्तावकमा निशि खोला दलित सञ्जालका अध्यक्ष रिमबहादुर विकले समर्थन जनाएका थिए ।

जुन कुनै हालतमा चुनाव जिति छाड्ने बताउँने घर्तीले पार्टी समायोजन हुँदा आफ्नो अवमुल्यन भएको बताउँछन् । ‘पार्टी समायोजन हुँदा मलाई बाइकट गरेका हुन् साथीहरुले, त्यसैले पनि मैले बागी उमेदवारी दर्ता गरेको हुँ,’ उनले भने, ‘जनताको चाहना पनि हो, २२ वर्षदेखि राजनीति गरि रहेको छु । १२, १३ वर्षदेखि नेकपा निकट भएर काम गरे । जनताले मेरो सेवाको कदर गरेर, चुनाव जितिन्छ त नै उम्मेदवार उठ्नुपर्छ भन्नुभयो, त जस्तो कार्यकता आवश्यक छ भन्नुभयो । त्यसकारण क्षेत्रीय लडाईको लागि भेगिय लडाईका लागि पनि उम्मेदवारी दर्ता गराए ।’

अघिल्लो चुनावमा राजमोका परि थापा र नेकपाका देवेन्द्र पौडेललाई जिताएको स्मरण गर्दै घर्तीले स्थानीय नेताहरु भने विस्थापित हुँदै गएको उल्लेख गरे । ‘सबै बिस्थापित हुन त भएन भनेर उम्मेदवारी दर्ता गरायौं,’ उनले भने ।

शेरमान ०७४ को चुनावमा तत्कालीन माओवादीबाट ढोरपाटन नगरपालिकाको मेयर पराजित बनेका थिए ।

यता नेकपाका बागलुङका अध्यक्ष ईन्द्रलाल सापकोटाले भने शेरमानले उम्मेदवारी फिर्ता लिने र सहमतिमा आउँनका लागि निरन्तर सम्पर्क भई रहेको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप