बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघको अध्यक्षमा इन्द्र राउतको उम्मेदवारी घोषणा

बिहीबार, ०१ भदौ २०७४, २१ : ५५
बिहीबार, ०१ भदौ २०७४

काठमाडौं– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी पत्रकार महासंघले पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि इन्द्र राउतलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

क्रान्तिकारी पत्रकारको विहीबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले संगठनका अध्यक्ष राउतलाई अध्यक्षमा उठाउने निर्णय गरेको हो । 

नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण हुनुपर्ने विषयलाई आसन्न महाधिवेशनको प्रमुख मुद्दा बनाउँदै महासंघले श्रमजीवी पत्रकारहरुको हक अधिकार र रक्षाका लागि अध्यक्षसहित उम्मेदवारी दिने निर्णय गरेको जनाएको छ । 

यसअघि पत्रकार महासंघको अध्यक्षमा एमाले निकट प्रेस चौतारीबाट तीर्थ कोइराला तथा माओवादी केन्द्र निकट प्रेस सेन्टर र कांग्रेस निकट प्रेस युनियनको तर्फबाट गोविन्द आचार्यले अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन् । महासंघका वर्तमान महासचिव उजीर मगरले पनि अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । 

नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन यहि भदौ ४ गतेदेखि काठमाडौंमा हुँदैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप