शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डाक्टरले लगाइदिइन् पतिकी प्रेमिकाको घरमा आगो, ६ वर्षीय छोरासहित युवतीको मृत्यु

शुक्रबार, २२ कात्तिक २०७६, ०७ : ३०
शुक्रबार, २२ कात्तिक २०७६

एजेन्सी । राजस्थानको भरतपुरस्थित पौश कोलोनी सूर्या सिटीमा बिहीबार साँझ एक महिला डाक्टरले डाक्टर पतिकी प्रेमिकाको घरमा आगो लगाएर बाहिरबाट ढोका बन्द गरिदिएकी छिन् । घटनामा युवती र उनको ६ वर्षको छोराको मृत्यु भएको छ । उनीहरुलाई बचाउने प्रयास गरेका युवतीका भाइ पनि घाइते भएका छन् ।

ती युवती डाक्टर दम्पत्तिको क्लिनिकमा काम गर्थिन् । पतिसँग ती युवतीको अफेयरको खबर सुनेपछि महिला डाक्टरले युवतीलाई कामबाट निकालिदिएकी थिइन् ।

यसका बावजुद पनि डाक्टर र ती युवतीबीच भेटघाट जारी रहेको थियो । डाक्टरले ती युवतीलाई घर पनि किनेर दिएका थिए ।

बिहीबार साँझ चार बजे डा. सीमा गुप्ता सासु सुलेखासँग पति डा. सुदीप गुप्ताकी प्रेमिका दीपा गुर्जरलाई धम्क्याउन उनको घर पुगेकी थिइन् ।

दुईबीच भनाभान भएपछि डा. गुप्ताले आफूसँग साथमा ल्याएको स्प्रिटको बोतललाई फर्निचरमा खनाएर आगो लगाइदिइन् । त्यसपछि घरबाहिर आएर ढोका लगाइदिइन् ।

घरभित्र यति ठूलो आगो लाग्यो कि कसैले भित्र पस्ने हिम्मत समेत गरेनन् । दीपाका भाइ २१ वर्षीय अनुजले घरमा पस्ने प्रयास गरे पनि उनी सफल हुन सकेनन् । अन्ततः घर भित्र रहेका २५ वर्षीय दीपा गुर्जर र उनको ६ वर्षीय छोराको धुँवाका कारण श्वास फेर्न नसकेर मृत्यु भयो ।

दमकललाई आए पनि उसलाई आगो निभाउन करिब आधा घण्टा लागेको थियो । प्रहरीले डा. सुदीप, उनको पत्नी डा. सीमा र आमा सुलेखालाई हिरासतमा लिएको छ ।

डा. सुदीपको शहरमा श्रीराम अस्पताल रहेको छ । दीपा गुर्जर करिब दुई वर्षअघि श्रीराम अस्पतालमा नै स्वागत कक्षमा काम गर्थिन् । यस दौरान उनको डा. सुदीपसँग परिचय भएको थियो । त्यसपछि दुवैबीच सम्बन्ध झाँगिएको थियो । दुईबीच प्रेम सम्बन्ध रहेको थाहा पाएपछि डा. सीमाले दीपालाई कामबाट निकालिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप