बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भालुको पित्त ओसारपसार गर्ने महिला पक्राउ

बिहीबार, २१ कात्तिक २०७६, २२ : २९
बिहीबार, २१ कात्तिक २०७६

भोजपुर- भालुको पित्त ओसारपसार संलग्न रहेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् । प्रहरीले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुबाट ३४ वर्षीया मित्रलक्ष्मी राईलाई पक्राउ गरेको हो । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि चाडपर्वको अवसर पारेर घरमा आएर लुकिछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । 

डिभिजन वन कार्यालय, हात्तिसार काठमाडौँमा मुद्दा दर्ता भएर ७ कात्तिकमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि महिला फरार रहेको भोजपुर प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक पाण्डवकुमार वंशीले बताए । प्रहरीले थप अनुसन्धान र कारवाहीका लागि महिलालाई डिभिजन वन कार्यालय, हात्तिसार काठमाडौंमा बुझाएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप